राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची ५ को सभापतिमा दिपक आलेमगर

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोटको सभापतीमा दिपक आलेमगर चयन हुनुभएको छ । आज भएको रास्वपाको वडा भेलाले मगरलाई सभापतीमा चयन गरेको हो ।

उपसभापतीमा श्याम बहादुर बिक, सचिव संजम चौलागाई, सदस्यहरू केशव प्रसाद तिमल्सिना, नकुल बहादुर चौलागाई, निरोज सेन्चुरी, दिपेन्द्र चौलागाई, बिदुर सिग्देल चयन हुनुभएको नगर सभापती गोकुल प्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसमा सक्रिय रूपमा लाग्नुभएका मगर कांग्रेस परित्याग गरि रास्वपामा आउनुभएको हो । मगर रास्वपामा आउनुभएसंग सिन्धुकोट कांग्रेसमा तरंग पैदा भएको छ ।
वडा भेलालाई सम्बोधन गर्दै मगरले समाजमा भएका बेतिथि अन्त्यको लागी रास्वपामा आएको बताउनुभयो । “म अडिग निडर छु । देशको नागरिक बेच्ने, भ्रष्टाचार गर्ने पार्टीमा बस्न नसकेर यो पार्टीमा आएँ,” उहाँले भन्नुभयो ।

वडा भेला कार्यक्रममा जिल्ला सभापती माया गुरूङ, क्षेत्रिय सदस्यहरू कमला सिग्देल, सुरेस तामाङ, निमा याङछेन लामा ह्योल्मो, नगर सभापती गोकुल प्रसाद ढकाल, नगर सचिव भिमसेन थापा, वडावासी लगायतको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा दर्जनौ युवाहरू रास्वपा प्रवेश गरेका थिए ।

कार्यक्रममा जिल्ला सभापती माया गुरूङ, क्षेत्रिय सदस्य, नगर सभापती गोकुल प्रसाद ढकाल, रास्वपा युवा नेता ध्रूव प्रसाद ढकाल, स्याममणी सिग्देल, संगठन बिभाग प्रमुख राकेस श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।

२०८४ को चुनावमा रास्वपा अन्य पार्टीलाई भारी पर्छ : नवप्रवेशी युवा

कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला सभापती मायाँ गुरूङले रास्वपाले वडा वडामा संगठन बिस्तारको कामलाई तिब्रता दिएको बताउनुभयो । त्यस्तै नगर सभापती गोकुल प्रसाद ढकालले मेलम्ची नगरपालिकामा रास्वपाको माहोल राम्रो रहेको जानकारी दिनुभयो । युवाको आकर्षण भएकाले मेलम्चीमा रास्वपा बलियो रहेको दावि गर्नुभयो ।

संगठन बिभाग प्रमुख राकेस श्रेष्ठले भ्रष्टाचार बिरूद्व एक भएर लाग्नुपर्ने बताउनुभयो । युवा एकजुट हुनुको बिकल्प नभएको बताउँदै श्रेष्ठले देशको लागि सबैले आ आफ्नो ठाउँबाट योगदान गर्न आवस्यक रहेको बताउनुभयो ।

त्यस्तै युवा नेता ध्रूव प्रसाद ढकालले हाल सम्म कुनै पार्टीमा नलागेको र ४० बर्षको उमेरमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आउन पाउँदा र सदस्य हुँन पाउँदा हर्षित भएको बताउनुभयो । यश पार्टीमा स्वत स्फुर्त रूपमा आएको भन्दै उहाँले ८४ मा यश वडामा मै हुँ भन्ने पार्टीलाई परास्त गर्ने दावि गर्नुभयो ।

नेपाली कांग्रेस परित्याग गरि रास्वपामा प्रवेश गर्नुभएका स्याममणी सिग्देलले वडामा व्यापक भ्रस्टाचार मौलाएको बताउनुभयो । डाँडा भासेर, बगरमा डोजर लगाएर प्रकृतिको दोहन भएको उहाँले बताउनुभयो । वडामा व्यापक भ्रस्टाचार मौलायो । १२, १३ बर्ष म काँग्रेसमा थिए । “कांग्रेसमा बेतिथि र भ्रस्टाचार बढ्दै गएकाले यश पार्टी परित्याग गरि रास्वपामा आएँ ” उहाँले भन्नुभयो ।

कार्यक्रममा मन्तब्य राख्दै युवा नेता बिदुर रायमाझीले अरू पार्टीले गरेका बिक्रितिले गर्दा रास्वपामा आएको बताउनुभयो । कार्यक्रममा महिला सहभागीता कम रहेकाले ३ जना महिला वडा कार्यसमितिले मनोनित गर्ने वडा सभापती दिपक आलेमगरले बताउनुभयो ।

Leave a Reply