इन्द्रावती गाउँपालिकाका एकल पुरूषहरुका लागी भत्ता रकम भुक्तानी (नामावलीसहित)

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकाले ६० वर्ष माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । इन्द्रावती गाउँपालिकाभर रहेका असाहाय अपाङ्ग एकल पुरुषहरुका लािग मासिक ५ सयका दरले भत्ता वितरण सुरु गरेको हो ।

६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा सिधै रकम जम्मा हुने गरी मेघा, एनसिसि र सिन्धु बैङ्कलाई पत्राचार गरेको छ ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले गत सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भएपछि एकल पुरुषहरुका लािग ५ सयका दरले भत्ता दिने घोषणा गर्नुभएको थियो । त्यही अनुरुप गाउँपालिकाले असत्त एक पुरुषहरुका लागि पनि भत्ताको व्यवस्था गरेको हो ।

Leave a Reply