क्यौरानी । स्थापना कालदेखीनै सामाजिक कार्यमा तल्लिन क्यौरानी युवा समाजले यस पटक भने खेलकुद तिर नजर लगाएको छ । समाजले स्थानीय युवाहरूको खेल प्रतिभा प्रस्फुटन, खेलकुदप्रतिको आकर्षण वृद्धि तथा सामाजिक एकता कायम गर्न प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा सहित दोस्रो वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मेलम्ची–८ स्थित वडा कार्यालय नजिकैको भलिबल खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा वडा क्षेत्रभित्रका टोल सुधार समितिमार्फत गठन भएका टिमहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा वडा भित्रका कर्मचारी, टोल सुधार समितिका खेलाडी तथा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छुट्टाछुट्टै टिम बनाएर सहभागी हुने व्यवस्था गरिएको छ । साथै, प्रत्येक टोल सुधार समितिले आवश्यकताअनुसार एकभन्दा बढी टिमसमेत गठन गर्न सक्ने नियम राखिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ३३ हजार ३३३ रुपैयाँ, दोस्रो हुनेले २२ हजार २२२ रुपैयाँ, तेस्रो हुनेले ११ हजार १११ रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ३ हजार ३३३ रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिता २०८३ साल मंसिर ७ र ८ गते सञ्चालन हुनेछ । प्रतियोगितालाई मेलम्ची नगरपालिका वडा नं. ८ कार्यालयले आर्थिक सहयोग गरेको छ ।
स्थानीय युवाहरूको खेल प्रतिभा प्रस्फुटन, खेलकुदप्रतिको आकर्षण वृद्धि तथा सामाजिक एकता कायम गर्न प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
क्यौरानी युवा समाजले सम्पूर्ण खेलाडी, टोल सुधार समिति तथा सम्बन्धित सबैलाई प्रतियोगितालाई सफल बनाउन सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।
