बोडगाउँमा दोस्रो सेतीदेवी खुला पुरुष फुटबल प्रतियोगिता सुरु

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

बोडगाउँ । दोस्रो सेतीदेवी खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। विजयदशमीको अवसर पारेर बोडगाउँ युवा क्लबद्वारा आयोजित प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा जाल्पा देवी माझी गाउँ युवा क्लबले अक्षयश्वरी युवा क्लबलाई ३-० को गोल अन्तरमा पराजित गर्दै विजय सुरुवात गरेको छ।

यो सँगै आज पहिलो दिन चारवटा खेल सम्पन्न भएका छन् । जस अन्तर्गत दोस्रो खेलमा भीमटार युवा क्लबले इन्द्रावती १० लाई २-० ले पराजित गरेको छ । त्यस्तै मदन स्पोर्ट्स क्लबले लामा फुटबल क्लबलाई १-० ले पराजित गरेको छ।

त्यस्तै चाैथाे खेलमा माउन्ट एभरेष्ट युनाइटेडले इन्द्रावती ११ लाई पेनाल्टी सुटआउटमा हराएको छ ।

प्रतियोगिताको समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता झलक कुमार श्रेष्ठ अजयले शनिवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो। कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष रामजी माझी राष्ट्रिय स्वतन्त्र पार्टी इन्द्रावती गाउँपालिका सभापति उमेश अधिकारी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

२७ गतेसम्म बोडगाउँ खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरिका १९ वटा टोलीले सहभागिता जनाएका छन् भने प्रतियोगिता को विजेता टोलीले १ लाख १,११ रुपैयाँ नगदसहित ट्रफी हात पार्दा दोस्रो हुने टोलीले ५१ हजार ११ रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका संरक्षक केदार माझीले जानकारी दिनुभयो ।

Leave a Reply