ऐसेलुखर्कमा चेन्ज एक्सन नेपालको बहुआयामिक सहयोग कार्यक्रम सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । परिवर्तनका लागि सहकार्य नेपाल (Change Action Nepal) आर्थिक उपार्जनका लागि बाख्रा वितरण महिनावारी सम्बन्धी सचेतना सरसफाई किट वितरण तथा विद्यालय सहयोग कार्यक्रम सम्पन्न गरेको छ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ऐसेलु खर्क माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रममा संस्थाको सहयोगमा अध्ययन गरिरहेका विद्यार्थीहरू तथा उनीहरूका अभिभावकलाई महिनावारी सम्बन्धी सचेतनामूलक प्रशिक्षण तथा सरसफाई किट वितरण गरिएको हो। साथै विद्यालयका इसीडी तहका विद्यार्थीहरूका लागि खेल्दै सिक्ने शैक्षिक सामग्री पनि प्रदान गरिएको छ।

संस्थाको सहयोगमा अध्ययन गरिरहेका विद्यार्थीहरूमध्ये दुईजनाको परिवारलाई आर्थिक उपार्जनका लागि बाख्रा समेत वितरण गरिएको छ । विद्यालय र वडाको समन्वयमा छनोट भएका दुई विद्यार्थीका परिवारलाई एउटा माउ बाख्रा र बोका वितरण गरिएको गर्दै उक्त बाख्रापालन गरी परिवारको आयस्तर बढाउन सहयोग गर्ने र अध्ययनका लागि सहयोग हुने अपेक्षा संस्थाले गरेको छ।

विगत चार वर्षदेखि यस विद्यालयमा काम गर्दै आएको संस्थाले सचेतना अभिमुखीकरण कार्यक्रमहरू लगायत शैक्षिक सहयोगहरू गर्दै आएको संस्थाले जनाएको छ।

कार्यक्रमको अवसरमा आफ्नो भनाइ राख्दै वडा नम्बर ५ का सदस्य तथा कार्यपालिका सदस्य सीता तिरुवाले सहयोगप्रति संस्थालाई धन्यवाद दिँदै महत्वपूर्ण र अत्यावश्यक सामग्री वितरण गरिएको र संस्थाले वितरण गरेका उक्त सामग्रीहरूको सही सदुपयोग गर्न सबैमा आग्रह गर्नुभयो।

गाउँपालिकाका शिक्षा शाखाका कृष्णाकुमारी बिष्टले पनि आज को कार्यक्रमबाट सिकेका ज्ञान र सीप जीवनमा लागू गर्न र प्राप्त गरेका सामग्रीहरूको सही सदुपयोग गर्न आग्रह गर्नुभयो।

यस्तै विद्यालयका प्रधानाध्यापक सुरेश कृष्ण श्रेष्ठले शिक्षा क्षेत्रको लगानी भोलिका लागि भएको बताउँदै संस्थाको सहयोग गौरवको विषय रहेको बताउनुभयो साथै विद्यालयमा संस्थाले गरेका यस प्रकारका सहयोगले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्न सहयोग पुग्नका साथै यस सहयोगलाई महत्वपूर्ण ठानी विद्यार्थीहरूले पनि मेहनत र अनुशासित भएर अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै विद्यार्थीहरू को शैक्षिक गुणस्तरका लागि घरको आर्थिक अवस्था पनि मजबुत हुन आवश्यक ठानेर संस्थाले गरेको बाख्रा सहयोग सम्बन्धी अवधारणालाई पनि स्वागत गर्नुभयो।

कार्यक्रमको समापन गर्दै अभिभावक कृष्णबहादुर तामाङले यो सहयोग मात्र नभई पछिसम्म बिर्सन नसक्ने गुण भएको धारणा राख्नुभयो। साथै यस सहयोग लाई महत्त्वपूर्ण ठानी सही सदुपयोग गर्न पनि आग्रह गर्नुभयो।

Leave a Reply