प्रथम सेतीदेवी कप फुटबल प्रतियोगिताको उपाधि बोडगाउँ युथ क्लब ए लाई 

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

प्रथम सेतीदेवी कप फुटबल प्रतियोगिताको उपाधि इन्द्रावती गाउँपालिका वडा नं ११ को बोडगाउँ युथ क्लब एले हात पारेको छ ।आज सम्पन्न फाइनल खेलमा ब्राइट होप युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै बोर्डगाउँ ए ले उपाधि हात पारेको हो।

उपाधिसँगै ८० हजार नगद सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ  २०८२ कार्तिक २८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको थियो। दाेस्राे हुने ब्राइट हाेप युथ क्लवले ५० हजार नगद सिल्ड मेडल र प्रमाणपत्र पाएकाे छ । सो फुटबल प्रतियोगिताको उद्घाटन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गर्नुभएको थियो भने समापन कार्यक्रम इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङले गर्नुभएको छ।

समापन कार्यक्रमको अवसरमा बोल्दै इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङले आफू निर्वाचित भएदेखि नै एक वडा एक खेलमैदानको अवधारणालाई अघि बढाएको स्मरण गर्दै बनेका संरचनाहरूको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले इन्द्रावती गाउँपालिका मा रहेका खेलाडीहरूको मनोबल बलियो बनाउनको लागि पालिका वडा र संघसंस्थाले पनि आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

समापन कार्यक्रममा इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशीनाथ आचार्य वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्रबहादुर तामाङ वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र कुमार खाती, वडा नम्बर ११ का वडा अध्यक्ष रामजी र इन्द्रावती गाउँपालिका वडा नम्बर ११ का  पूर्व वडा अध्यक्ष मने माझीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

फाइनल खेलकाे म्यान अफ दी म्याच बोडगाउँ युथ क्लब ए का गाेलकिपर सुशान खड्काले पाउनुभएकाे हाे ।

Leave a Reply