सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिकाले न्यायिक समितिका पदाधिकारी एवं सूचीकृत मेलमिलापकर्ताहरूलाई लक्षित गरी तयार पारिएको कानूनी सन्दर्भ सामग्री ‘न्यायिक समितिको सारथि’ पुस्तक वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले पुस्तकले स्थानीयस्तरमा न्यायिक कार्यसम्पादनलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयाे। नेपालले गाउँपालिकाले निर्वाचन भएको वर्षदेखि नै न्यायिक समितिको क्षमता अभिवृद्धिमा जोड दिँदै आएको बताउनुभयाे। उहाँले न्यायिक समिति पदाधिकारी तथा मेलमिलापकर्ताहरूको क्षमता तालिम लिने मात्रै नभई तालिम दिने स्तरमा पुगिसकेकोमा खुसी व्यक्त गर्नुभयाे। यो पुस्तक लेखन उत्कृष्ट कार्य भएकाले न्यायिक कार्यसम्पादनमा सहजता ल्याउँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयाे । पुस्तकका लेखकद्वय उद्धव अधिकारी र रामबाबु नेपालले देशभर पुग्ने सामग्री लेखेर पालिकाको पहिचान बढाएको उल्लेख गर्नुभयाे ।
सारथि पुस्तकले कार्यसम्पादनमा थप सहयोग पुग्ने कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले पालिकाले न्यायिक कार्यसम्पादनमा उल्लेख्य प्रगति गरेको जानकारी दिनुभयाे। उहाँले ‘सारथि’ पुस्तकले न्यायिक समितिका कामलाई थप व्यवस्थित र सहयोगी बनाउने विश्वास व्यक्त गर्दै सभ्य र वादविवाद रहित समाज निर्माणमा थप टेवा पुग्ने धारणा राख्नुभयाे।
कार्यक्रममा अधिवक्ता तथा न्यायिक समितिका विज्ञ उद्धव प्रसाद अधिकारीले पुस्तकबारे विस्तृत जानकारी गराउनुभएकाे थियाे। पुस्तकमा न्यायिक समिति पदाधिकारी र सूचीकृत मेलमिलापकर्ताका लागि आवश्यक कानुनी सन्दर्भ सामग्रीहरू, प्रक्रियागत जानकारीहरू तथा अभ्यासका लागि उपयोगी सुझावहरू समावेश गरिएको छ।
कार्यक्रमको समापन कार्यक्रमको समापन गर्दै न्यायिक समिति संयोजक शोभना तामाङले न्यायिक समितिले हालसम्म गरेका कामहरू र भावी योजनाहरूका बारेमा चर्चा गर्नुभयाे। उहाँले ‘सारथि’ पुस्तक न्यायिक समितिको कार्यलाई थप चुस्त र प्रभावकारी बनाउन महत्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा रहने विश्वास व्यक्त गर्नुभयाे। उक्त कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामा, वडा नम्बर ७ का अध्यक्ष रविन्द्र कुमार खाती लगायत गाउँपालिकाका न्यायिक समिति सदस्यहरू, मेलमिलापकर्ताहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

