बजार व्यावस्थापमा साथ नदिँदा नेपाल टेलिकमको गाडी मेलम्चीका युवाको नियन्त्रणमा 

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची

नेपाल टेलिकम बनेपाको गाडी मेलम्चीका युवाहरूले नियन्त्रणमा लिएका छन्। प्रयोगविहीन अवस्थामा रहेका पोलहरूबाट नेपाल टेलिकमको तार हटाई बजारलाई सुन्दर बनाउने युवाहरूको अभियानमा साथ नदिएको भन्दै युवाहरुले गाडी नियन्त्रणमा लिएका हुन् ।

पटकपटकको अनुरोधलाई नमानेको र नेपाल टेलिकमका प्रतिनिधि आउने र निरीक्षण गरेर फर्किने मात्रै भएकाले गाडी नियन्त्रणमा लिई काम नसकिएसम्म नछाड्ने युवाहरुले बताएका छन् । पछिल्लो समय मेलम्ची युवा समूहले मेलम्ची बजारलाई सुन्दर बनाउन विभिन्न कामहरू गर्दै आइरहेको छ। बजारको सरसफाई अव्यवस्थित तारहरू हटाउने लगायतका कामहरु भइरहेका छन् ।

नेटवर्कमा खराबी आइरहने र मेलम्चीमा सम्पर्क व्यक्ति अथवा कार्यालयसम्म नराखेर जनतालाई हैरान बनाएको युवाहरूले बताएका छन्। पटकपटक तार हटाउन गरेको अनुरोधलाई पनि अस्वीकार गरेपश्चात गाडी नै नियन्त्रणमा लिई काम नसकिएसम्म नछाड्ने युवाहरुले बताएका छन् । प्रयोगविहीन तारहरू हटाई प्रयोगमा तार रहेका तारहरूलाई व्यवस्थित गर्नुपर्ने मेलम्ची युवा समूहको माग रहेको छ।

मेलम्ची युवा समुहले नियन्त्रणमा लिएकाे नेपाल टेलिकमकाे गाडि ईलाका प्रहरी कार्यालयमा जिम्मा लगाएकाे छ । भाेलि टेलिकमका प्रतिनिधि, प्रहरी र स्थानिय युवाहरूविच भाेलि समझदारी गरेपस्चात मात्रै गाडि टेलिकमलाई दिने गरि गाडि प्रहरीकाे जिम्मा लगाईएकाे हाे ।

Leave a Reply