तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई

* # खेलकुद समाचार

मेलम्ची । भोटेचौरमा सम्पन्न तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्टार युवा क्लबले हात पारेको छ। आज भएको फाइनल खेलमा सृजनशील युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै योङ स्टारले उपाधि हात पारेको ।

उसले उपाधिसँगै १ लाख रुपैयाँ नगद समेत प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको सृजनशील क्लबले ५० हजार रुपैयाँ पाएको छ ।

त्यस्तै मेलम्ची २ लाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको मेलम्ची १२ ले २५००० नगद प्राप्त गरेको छ।

वडा नम्बर १ को आर्थिक सहयोग र भोटेचौर स्पोर्ट्स क्लबको आयोजनामा २ गतेबाट सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटा टोली सहभागी भएका थिए।

Leave a Reply