भ्रष्टाचार प्रेमी सोच जल्नुपर्नेमा धरोहर जल्यो

* # विविध समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक ।

नेपालमा जेन्जीहरूको हुरी आयो। वर्तमान राजनीतिक दल र त्यसका नेताहरूमा प्रत्यक्ष प्रभाव पर्यो। जनकारबाहीदेखि घरबारविहीनसम्म हुन पर्यो। सेनाको निगाहमा जीवन समर्पण गर्न बाध्य भए। जेन्जीको नियन्त्रणबाट नयाँ प्रधानमन्त्री नियुक्त गरियो र संसद् विघटन भयो। राष्ट्रपति र सेनाको सहजीकरण सकेसम्म सरल र सहज बाटो हिँडाउने नै रह्यो।

अस्थिर मिडियाको चङ्गुलमा आम नागरिकको त्रासदीपूर्ण जीवन व्यतीत भयो।जब प्रधानमन्त्री शुसिला कार्की नियुक्त भइन, त्यसपछि दलै–दलबीच ढोल बज्न थाल्यो। आ–आफ्नो रंग र ढंगको ढर्रा प्रस्तुत गर्न थाले। “यो मान्दैनौं, त्यो मान्दैनौं” भन्ने अडान चर्कियो। फेसबुकलगायत सामाजिक सञ्जाल रंगिन भए।उता नागरिकहरूको आस्थाका धरोहरहरू खरानी भए। कैदीबन्दी फरार भएको कारण जनजीवन प्रभावित भयो। कतिपय नागरिक शोकमा छन्। कतिपय नेताहरू अझै होसमा फर्कन सकेका छैनन्। मुलुक कुन बाटो हिँड्छ भन्ने एकिन छैन। संविधानको रक्षा हुन्छ कि हुँदैन भन्ने चिन्ता छदै छ।

यसबीचमा सकभर सहमतिको बाटो हिँड्नुपर्ने थियो। केही हदसम्म हिँडेको अनुभूति भए पनि पर्याप्त थिएन। जेन्जीहरूको आगोसँग आम नेपालीको पानीसरहको भावना मिलाउनुपर्ने थियो। राष्ट्रपति र सेनापतिको भूमिका यस अर्थमा सराहनीय देखियो।सामाजिक सञ्जालमा घरमा बसेर चुक्कुल लगाएर मनका कुरा लेख्न त सजिलो होला, तर सडकमा उभिएर बोल्नु त्यति सजिलो थिएन। अहिले हुरी केही रोकिएको छ। राजनीतिक दलहरूको मुख खुल्न थालेको छ।

तर अब जे पायो त्यही र मन लाग्दो बोल्ने बेला छैन। यो आत्मसमीक्षा गर्ने, आफूमा लागेको धुलो टक्टकाउने समय हो। कतिपय मानिसहरू कम बोलेर पनि नेतृत्वदायी भूमिका निभाइरहेका छन्। बढी बोलेर छिछी र दुरदुर हुनुभन्दा कम बोलेर धेरै काम गरेर देखाउने महानता होइन र? छातीमा हात राखेर भनौं त—कसको कारण यति विपत्ति भयो? भ्रष्टाचारविरुद्ध युवाको आगो दन्कँदा र त्यसलाई अनियन्त्रित पार्ने हुरी बीचै चल्दा भौतिक संरचना ध्वस्त भयो।

Leave a Reply