ऐसेलुखर्कमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी ६ का होम नेपाली घाइते

* # समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ऐसेलुखार्कमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन्।

नवलपुरबाट ज्यामरे माने तर्फ जाने क्रममा अभयानन्द शिक्षा क्याम्पस भन्दा मुनि बागमती प्रदेश ०२-०४७ प १७१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा सुनकोशी गाउँपालिका वडा नम्बर ६ घर भएका होम नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

टाउकोमा सामान्य चोट लागेका नेपालीको अवस्था सामान्य रहेको र अहिले उपचारका लागि नवलपुर प्राथमिक अस्पताल राखिएको प्रहरीले जनाएको छ।

घाइतेको अहिले उपचार भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply