रेडियो मिसन ।
ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठि (RHEST) को प्रायोजन तथा हैबुङ महादेव स्थान माध्यमिक विद्यालयको आयोजनामा “बालबालिकाका लागि श्रमभन्दा शिक्षा आवश्यक” भन्ने शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगिता तहगत रूपमा कक्षा ६–८ तथा ९–१० मा सञ्चालन गरिएको थियो। कक्षा ६–८ बाट १३ जना र ९–१० बाट १३ जना गरी जम्मा २६ जना प्रतिस्पर्धीले पक्ष र विपक्षमा गहकिला तर्कहरू प्रस्तुत गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर लामाको अध्यक्षतामा भएको प्रमुख अतिथि मेलम्ची नगरपालिका वडा नं.–०३ का वडा सदस्य मच्छिन्द्र नेपाली रहनुभएको थियो।
कक्षा ९–१० अन्तर्गत युनिका तामाङ पहिलो, मनिषा तामाङ दोस्रो र रोजिना तामाङ, सन्सिला गुरुङले सान्त्वना स्थान हाँसिल गर्नुभयो । त्यस्तै कक्षा ६–८ अन्तर्गत राजमिता श्रेष्ठ पहिलो, रोजिना तामाङ दोस्रो, सन्जिता नेपाली तेस्रो र सिम्रन तामाङ चौथो हुनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सहित अन्य अतिथिहरुबाट विजयी विद्यार्थीहरूलाई टीका, खादा र पुरस्कार वितरण गर्नुभएको थियो।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण बहादुर लामा पूर्व वि.व्य.स. अध्यक्ष मोहलाल दुलाल विद्यार्थी अभिभावक लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
