SEE र BLE मा उत्कृष्ट नतिजा ल्याउने विधालय र विद्यार्थीहरूलाई मेलम्चीकाे सम्मान

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाको आयोजनामा कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण सम्पन्न भएको छ।

कार्यक्रममा नगरप्रमुख तामाङले उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित सम्मान गर्नुभएकाे हाे । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्नु केवल पुरस्कार मात्र नभई उनीहरूको मेहनत प्रतिको कदर र आगामी पुस्तालाई प्रेरणा दिन गरिएको सम्मान भएकाे बताउनुभयाे। नगरपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा थप लगानी गर्दै शैक्षिक गुणस्तर उन्नयनलाई निरन्तरता दिने धारणा राख्नुभयो।

कार्यक्रममा आधारभूत तह (BLE) परिक्षामा ४ र माध्यमिक तह (SEE) परिक्षामा ३९ जना गरी जम्मा ४३ जना  ३.६१ GPA वा सो भन्दा माथी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। सामुदायीकतर्फ तेर्से माध्यमिक विधालयका सविना थापा र सन्ताेष गिरी सर्वाेत्कृष्ट हुनुभएकाे छ ।

जसमा कक्षा ८ काे परीक्षामा उत्कृष्ट नतिजा ल्याउने मेलम्ची कम्युनिटी माविका युनिका तामाङ सहीत ४ जनालाई सम्मान गरीएकाे हाे । यस्तै संस्थागततर्फ SEE मा छात्रतर्फ प्रगति माविका प्रशान्त चालिसे र छात्रातर्फ मेलम्ची कम्युनिटि माविका प्रनिशा कार्की सर्वाेत्कृष्ट हुनुभएकाे छ । SEE र BLE दुवैमा कम्युनिटि माविले उत्कृष्ट नतिजा ल्याएकाे हाे ।

साथै, यस वर्ष SEE मा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल दुई विद्यालय सितलादेवि मावि र प्रगति माविलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। नगरपालिकाकाे यस्ता कार्यक्रमले विद्यार्थीलाई अझै प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा यस्ता सम्मानलाई थप विस्तार गरिने  शिक्षा अधिकृत सुधिनराज बुढाथोकीले बताउनुभयो।

नगरप्रमुख आइतमान तामाङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्ष, कार्यपालिका सदस्य,  विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply