ईन्द्रावती ३ मा लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण विषयक अभिमुखिकरण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय खुतुमेडाँडामा शनिबार र आईतबार २ दिन अभिमुखिकरण कार्यक्रम भएको हो ।


कार्यक्रमको समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथी तथा वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापाले महीलाहरुलाई समान अधिकार र समतामुलक वातावरण सृजना गर्नको लागि कार्यक्रमको आयोजना गरीएको बताउनुभयो । वडाले बजेट नै व्यावस्थापन गरी समुदाय र विद्यालयस्तरमा यो कार्यक्रमलाई फैलाँउदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । सहभागिहरुले सिकेका कुराहरु समुदाय र विद्यँलय स्तरबाट फैलाँउदै लैजान उहाँले आग्रह गर्नुभयो । आगामि दिनमा पनि यस्ता कार्यक्रमहरुलाई अझै प्रभावकारी बनाँउदै लैजाने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


सहभागिका तर्फबाट बोल्दै अस्मीता बानिँयाले लैङ्गीक समानता तथा सामाजिक समावेशीकरणको विषयमा धेरै कुराहरु सिक्न पाएको बताउनुभयो । लैङ्गीक समानता नहुँदा पर्ने असर, प्रभावका साथै समाधानका बारेमा सिक्न पाएको उहाँले बताउनुभयो ।
यस्तै अर्का सहभागि जमुना अधिकारीले लिङ्ग र लैङ्गीकता विचको फरक बारे धेरै सिकाई भएको बताउनुभयो । व्यावहारीक र रणनैतिक योजना निर्माण नगर्दासम्म लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण नहुने उहाँले बताउनुभयो । साथै कार्ययोजना र व्यावहारीक ज्ञानको बारेमा पनि सिक्ने मौका पाएको उहाँले बताउनुभयो ।


कार्यक्रमको समापन गर्दै रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण विषयक अभिमुखिकरण कार्यक्रमले समुदाय र विद्यालयस्तरमा फैलाउने सन्देश महत्वपूर्ण रहेको बताउनुभयो । साथै सिकेका कुरालाई व्यावहारमा उतार्न पनि उहाँले आग्रह गर्नुभयो ।

रेडियो मिसन १०५.३ मेगाहर्जको आयोजना र वडा कार्यालयको सहयोगमा सो कार्यक्रम भएको हो । अभिमुखिकरण कार्यक्रममा वडाका महीला समुह, आमा समुह, महीला स्वास्थ्य स्वयमसेविका, एकल महीला समुह, दलित महीला सञ्जाल, अगुवा महीलाहरु र किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महीला आत्म निर्भरता केन्द्रका अध्यक्ष सञ्चमायाँ स्याङ्बो र महीला आत्म निर्भरता केन्द्रका सचिव कालिमायाँ तामाङले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply