ईन्द्रावती ७ को कार्यालय तोडफोड, वडा सचिव माथी हातपात

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।
ईन्द्रावती गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा तोडफोड भएको छ । साथै वडा सचिव माथी हापात समेत गरेको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीहरुले बिज्ञप्ती निकालेर यसको बिरोध गरेको छ ।

आइतबार दिउँसो साँढे ३ बजेको समयमा स्थानीय सुनिल थापाले मादक पदार्थ सेवन गरी वडा कार्यलयका भौतीक सम्पतीहरुमा तोडफोटड गर्नुका साथै वडा सचिव माथी कुटपिट गरेको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीहरुले बिज्ञप्ती निकालेर यसको बिरोध गरेको हाे ।

उनिहरुले कार्यालयमा कार्यरत वडा सचिव लगायतका कर्मचारीहरुलाई कार्यालय समयभित्र कार्य सम्पादन गरिरहेकै अवस्थामा कार्यकक्षमै हातपात एवं भौतिक आक्रमण गरी ज्यान मार्ने धम्की समेत दिएको भन्दै यसको घोर भत्र्सना र निन्दा गरेको छ ।

साथै घटनामा संलग्नलाई सत्यतथ्य छानबिन गरी कारवाहीको माग गर्दै कारवाही नगरेमा सम्पूर्ण गाउँपालिकाको सार्वजनिक सेवा प्रवाह ठप्प गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

“ईन्द्रावती गाउँपालिका अन्तर्गतका कर्मचारीहरुले नागरिकको स्वास्थ्य, शिक्षा, सुरक्षा, सुशासन लगायत पूर्वाधार निर्माणका कार्यहरुमा तदारुकताका साथ सेवा प्रवाह गरिरहेको कुरा सम्पूर्णमा अवगत नै छ । आफ्नो सेवा प्रवाह कार्यलाई निरन्तर र प्रभावकारी रुपमा सम्पादन गरिरहेकै बखत मिति २०८२ साल बैशाख २८ गते दिनको करिब ३ः३० बजे ईन्द्रावती गाउँपालिका, वडा नं. ७ कार्यालयमा कार्यरत वडा सचिव लगायतका कर्मचारीहरुलाई कार्यालय समयभित्र वडा कार्यालयमा कार्य सम्पादन गरिरहेकै अवस्थामा मादक पदार्थ सेवन गरी ईन्द्रावती गाउँपालिका, वडा नं. ७ स्थायी निवासी सुनिल थापाले बिना कारण वडा कार्यालयका भौतिक संरचना तथा सार्वजनिक सम्पत्तिहरु तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पुरÞ्याई वडाका कर्मचारीहरु माथि कार्यकक्षमा हातपात एवं भौतिक आक्रमण गरी ज्यान मार्ने धम्की समेत दिने अराजक गतिविधिको घोर भत्र्सना र निन्दा गर्दछौं । स्थानीय तहमा रही कार्यस्थलमा सेवारत राष्ट्रसेवक कर्मचारीमाथि गुण्डागर्दी शैलीमा हातपात तथा सार्वजनिक सम्पत्तिको तोडफोड हुनु कानूनी राज्यको उपहास भएको हाम्रो साझा ठम्याई छ । यस प्रकारका घटनाले आम राष्ट्र सेवक कर्मचारीहरुको मनोबल घट्न गई सेवा प्रवाह प्रभावित हुन जाने हुँदा घटनाको सत्यतथ्य छानविन गरी अपराधिक कार्यमा संलग्नलाई यथाशीघ्र कानूनी कठघरामा उभ्याई आवश्यक कारवाही गरी राष्ट्र सेवक कर्मचारीहरुको जीउ ज्यान तथा कार्यस्थलको सुरक्षा गर्न निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज तथा सम्बद्ध सबै पक्षसँग जोडदार माग गर्दछौं । अपराधिक कार्यमा संलग्नलाई सत्यतथ्य छानबिन गरी कारवाहीको भागिदार नबनाएको खण्डमा सम्पूर्ण गाउँपालिकाको सार्वजनिक सेवा प्रवाह ठप्प गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने बेहोरा अनुरोध गर्दै यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।” गाउँपालिका भित्रका र्काचारीहरुद्धारा हस्ताक्ष्रित बिज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष कप फूटबल प्रतियोगिताका दौरान मुन्द्रा हराएको र त्यसको क्षतीपूर्ती वडाले ब्यहोर्नपर्ने भन्दै वडामा पुगेका थापाले अध्यक्ष नदेखेपछि वडा सचिव लागायतका कर्मचारीहरुलाई मसेत धम्क्याउँदै हातपात गरेको स्थानीय अर्जुन बिकले जानकारी दिनुभयो ।

घटनाको जानकारी आएलगतै खटिएको इलाका प्रहरी कार्यलय नवलपुरको टोलीले घटनामा संलग्न थापालाई नियन्त्रणमा लिएको र उनी हाल इलाका प्रहरी कार्यलय नवलपुरको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक मधु खड्काले जानकारी दिनुभयो । उनले मादक पदार्थ सेवन गरी उक्त घटना घटाएको हुनसक्ने निरिक्षक खड्काले बताउनुभयो ।

Leave a Reply