मेलम्ची ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गतको क्षेत्रीय कार्यसमिति तथा प्रदेश सभा, पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट निर्वाचित क्षेत्रीय कार्यसमितिको अध्यक्षमा प्रकाश बस्नेत र सचिवमा प्रदीप ढकाल चयन भएका छन्। यस्तै, प्रदेश सभा ‘क’ र ‘ख’ , इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका तथा पाँचपोखरी थाङपाल गाउँपालिकाबाट अध्यक्ष सहितका पदाधिकारी तथा सदस्यहरू पनि चयन भएका छन्।
संघका विश्व गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेत हुनुहुन्थ्यो । त्यस्तै, बागमती प्रदेश सांसद तथा संसदीय दलका सचिवकृष्णकुमार तामाङ विशेष अतिथि हुनुहुन्थ्यो ।
नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।