सामुदायिक मेलमिलाप सम्बन्धी २ दिने पुनर्ताजगी तालिम मेलम्चीमा सम्पन्न भएको छ ।
समापनकाे अवसरमा मेलम्ची नगर प्रमुख आइतमान तामाङले मेलमिलाप कर्ताहरुमा आफ्नो वडामा शान्ति कायम गर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेकाे बताउनुभएकाे छ । उहाँले तठस्थ रुपमा आफ्नोे जिम्मेवारी वहन गराँउदै लैजाने नगरको उदेश्य रहेको बताउनुभयो ।
मेलम्ची नगरपालिका उपप्रमुख एवम् न्यायीक समिति संयोजक उमा प्रधानले नगरले प्रत्येक बर्ष यस्ता तालिम राख्ने गरेको बताउदै मेलमिलापकर्तालाई समय अनुसार अपडेट गराँउदै लैजाने नगरको उदेश्य रहेको बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरु अझै सक्रिय हुन आग्रह गर्नुभयो । नगरपालिकाले केहि बजेट समेत बिनियोजन गरिएको उँहाले बताउनुभयो ।
तालिममा मेलमिलाप सहजीकरणका सिप, मेलमिलापकर्ताले मेलमिलाप सत्र संचालन गर्न आवश्यक पर्ने लिखत मस्यौदा अभ्यास, मेलमिलाप सत्र अभ्यास बारे प्रशिक्षण गराइने सिन्धुपाल्चोक बारका सदस्य एवम् मेलमिलाप प्रशिक्षक उद्धवप्रसाद अधिकारीले प्रशिक्षण दिनुभएकाे थियाे ।
कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका सुचिकृत मेलमिलापकर्ताको सहभागीता रहेको न्यायीक समितीका सहजकर्ता अस्मिता ढकाल अर्यालले जानकारी दिनुभयो ।
तालिममा सहभागिलाई नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।
