ईन्द्रावती गाउँपालिका र चिनियाँ निजी कम्पनीबीच कृषिमा आधुनिकीकरण गर्ने सम्झौता

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाउँपालिका र चिनियाँ निजी कम्पनीबीच कृषिमा आधुनिकीकरण गर्ने विषयमा सहकार्य गर्न सम्झौताहरू गरिएको छ।

ईन्द्रावती गाउँपालिकाको कृषि क्षेत्रलाई सुधार गर्ने, आधुनिक प्रविधिहरूको प्रयोग गरी उत्पादन वृद्धि गर्ने र कृषकहरूको जीवनस्तर सुधार्ने मुख्य उद्देश्य रहेकाे गाउँपालिकाले जानकारी दिएकाे छ ।

आज ईन्द्रावती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा ईन्द्रावती गाउँपालिका अध्यक्ष र उक्त चिनियाँ कम्पनीका प्रतिनिधिबीच द्विपक्षीय सहकार्यका विषयमा लिखित सम्झौता सहित सम्झौता पत्र आदान-प्रदान गरीएकाे हाे ।

सम्झौता कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत पूर्णप्रसाद दुलाल, वडा अध्यक्षहरु र शाखा प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply