नगरप्रमुख तामाङद्वारा नगर अस्पतालको स्थलगत अनुगमन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निर्माणाधीन नगर अस्पतालको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा योजनाको प्रगति, गुणस्तर, र सम्भावित चुनौतीहरू बारेमा पनि समीक्षा समेत गरिएको छ ।
त्यसक्रममा नगर प्रमुख तामाङले नगरको विकास योजना पारदर्शि, गुणस्तरीय र दिगो बनाउन यस्ता अनुगमन निरन्तर जारी राखिने बताउनुभयो ।
उप प्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, लेखा अधिकृत मुरारी पुडासैनी र प्राविधिकहरु सहित सहभागी रहेको अनुगमनमा प्रमुख तामाङले स्थानीयहरुसँग सुझाव संकलन पनि गर्नु भएको थियो ।

Leave a Reply