सुकेटे । सिन्धुपाल्चोक जिल्लाकाे सुकुटेमा प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको छैठौं अधिवेशन सम्पन्न भएकाे छ । अधिबेशनबाट सर्वसहमत रुपमा अध्यक्षमा बिदुर आचार्य निर्वाचित हुनुभएकाे छ । आचार्य यसभन्दा अघि पनि अध्यक्ष रहनुभएकाे थियाे ।
समितिकाे उपाध्यक्ष सागर खड्का,महिला उपाध्यक्ष गोमा के. सि, सचिवमा दिपिन ढुंगाना , उप सचिवमा सुशिल सुवेदी समावेसी उप सचिवमा सुनिता लामा र कोषाध्यक्षमा बिसाल आचार्य निर्वाचित भएका छन् । त्यस्तै समिति सदस्यहरुमा जनार्दन नेपाल , प्रमिला विक , सहदेव ढुंगाना , मधु सुदन ढुंगाना रहेका छन् । अधिबेशनले प्रदेश प्रतिनिधिहरुमा देवराज सुवेदी र यज्ञ दंगाल , केन्द्रिय प्रतिनिधिमा माधव नेपाल र टीका सुवेदीलाई छनाेट गरिएकाे प्रेस चाैतारीका निवर्तमान उपाध्यक्ष देवराज सुवेदीले बताउनुभयाे।
नेकपा एमालेका स्थाइ समिति सदस्य शेर बहादुर तामाङले अधिबेशनकाे उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि तामाङले अधिबेशनमा बाेल्दै प्रबिधिसंग लड्न प्रबिधिकै प्रयाेग गर्नुपर्ने बताउनुभयाे । अवास्तबिक कुरामा बिस्वास गर्नेहरु हावी भएकाेले यसलाई चिर्नुपर्ने दायित्व आम सञ्चारकर्मीहरुकाे रहेकाे तर्क गर्नुभयाे ।
प्रेस चाैतारीका महासचिव हिरालाल लामाले देशमा हाउगुजी र सामाजिक सञ्जालकाे पछाडि दाैडिरहेकाेमा दुःख व्यक्त गर्नुभयाे । जहाँ बिचार सिद्धान्त र कार्यदिशा बिहिन छ । बिचार सिद्धान्त र आचरण भएका पार्टीहरुले सहिरुपले समयमा नै ध्यान दिन नसके अराजकताकाे हावी हुने बताउनुभयाे । लामाले दिनेश थापा पत्रकारीतामा सिन्धुपाल्चोककाे आयम भएको टिप्पणी गर्नुभयाे । उहाँले थापालाइ संगठनकाे निर्णय बिपरित लागेकाे भन्दै सहि दिशा र कार्यनीतिलाई पकडेर अघि बढ्न आग्रह गर्नुभयाे ।
एमाले पार्टी पाेलिव्युराे सदस्य अरुण नेपालले संबिधानमाथी धावा बाेल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले २०४६ पछिकाे गतिविधि सहि नभएको भन्ने निरंकुशता निम्त्याउने अभिव्यक्तिप्रति खेद प्रकट गर्नुभयाे । रगत बगाएर ल्याएको व्यवस्थाकाे संस्थागत बिकासमा कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयाे ।
एमाले बागमती प्रदेश सदस्य एवं मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान पत्रकारीताकाे गरिमालाइ चुम्न सक्ने नेतृत्व चयनकाे शुभकामना व्यक्त गर्नुभयाे। त्यस्तै पार्टी बागमती प्रदेश सदस्य तथा सुनकाेशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले सिन्धुपाल्चोककाे बेथितिहरु चिर्न सक्ने आँट र साहस गर्न आग्रह गर्नुभयाे ।
एमालेका जिल्ला अध्यक्ष हाेम नारायण श्रेष्ठले प्रेस चाैतारीमा केही संकटहरु रहेकाे भन्दै नीति र बिधिमा चल्न आग्रह गर्नुभयाे । संगठनमा लागेर संगठनकै हितबिपरित लाग्ने जाे काेहीलाइ क्षम्य नहुने भन्दै सहि दिशामा अघि बढ्न सवैलाइ सुझाउनुभयाे । त्यस्तै एमालेका पूर्व जिल्ला अध्यक्ष कमल नेपालले हरेक गलत चिजकाे आलोचना गर्दै समाजलाई सहि दिशामा बढाउने भुमिमामा अग्रसर रहन आग्रह गर्नुभयाे ।
चाैतारीका प्रदेश इन्चार्ज बिष्णु कार्कीलेप्रबिधि प्रयाेगकाे काैसलता बिकास गरि पेशागत दक्षता बृद्दि गर्नुपर्ने बताउनुभयाे ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले आफू प्रेस चाैतारीकाे साथसमेत पाएर अध्यक्ष पदमा निर्वाचित भएकाेले चाैतारीप्रति आभार व्यक्त गर्नुभयाे । उहाँले महासंघमा कसैलाई काख र कसैलाई पाखा राखेर व्यवहार नगर्ने प्रतिबद्धता जनाउनुभयाे। त्यसैगरि प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष अशाेक पराजुलीले सक्षम नेतृत्व चयन सहित अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा एमालेका नेताहरु , प्रेस चाैतारीका सिन्धुपाल्चोक सदस्यहरुकाे सहभागिता रहेकाे थियाे । चाैतारीले अधिवेशनकाे अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककाे मंसिर २८ मा सम्पन्न निर्वाचनबाट निर्वाचित ध्रुव दंगाल नेतृत्वको समितिलाइ सम्मान गरेकाे थियाे ।