नवलपुर , हवल कान्छी माया स्मृति कोष छात्रवृत्ति बाट सुनिता तामाङ पुरस्कृत हुनुभएकाे छ ।
नवलपुर मावि बाट माध्यमिक शिक्षा परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई हरेक बर्ष हवल कान्छी माया स्मृति कोष छात्रवृत्ति प्रदान गर्ने गरिएकाे छ । साे छात्रबृत्ति काेषकाे रकम १०,००० रहेकाे छ ।
ईन्द्रावती गाउँपालिका वडा नं ४ निवासी नेपाली कांग्रेसका महासमिति सदस्य वंशलाल तामाङकाे पिता स्व हवल बहादुर तामाङले ईन्द्रावती ४ स्थित नवलपुर माध्यमिक विद्यालय स्थापनार्थ पुर्याउनु भएको योगदानको स्मरण स्वरूप २०७२ सालको भुकम्पबाट प्रताडित छात्र/छात्राहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले साे छात्रबृत्ति प्रदान गरिँदै आएकाे छ ।
२०८० सालमा ईन्द्रावती ४ पाराङ्खाेरकाे छात्रा सुनिता तामाङले साे विद्यालय बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउनुभएकाे थियाे । यस वर्ष पनि छात्र वृत्ति प्रदान गर्ने अबसर प्राप्त भएकोमा अत्यन्त पुलकित भएकाे हवल कान्छी माया स्मृति कोषका प्रतिनिधि वंशलाल तामाङले बताउनुभयाे ।
कार्यब्यस्तताको कारण आफु सशरीर उपस्थित हुन नसकेको कारण परिवारको सदस्य फुर्पा तामाङ मार्फत छात्र वृत्ति रकम उपलब्ध गराएको स्मृति काेषका प्रतिनिधि वंशलाल तामाङले जानकारी दिनुभयाे ।
