ईन्द्रावतीमा मनाइयो ३० औँ जनयुद्ध दिवस

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नवलपुर, जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । साेहि अवसरमा नेकपा माओवादि केन्द्र ईन्द्रावती गाउँपालिका समितिले जनयुद्ध दिवसको अवसरमा बिहीबार एक कार्यक्रम गरि पार्टी कार्यालय नवलपुरमा दिवस मनाएकाे छ ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

नेकपा माओवादि केन्द्र जिल्ला समन्वय समिति सिन्धुपाल्चाेकका सदस्य प्रताप सिंह तामाङकाे प्रमुख आतिथ्यता र ईन्द्रावतीका अध्यक्ष देवेन्द्र प्रसाद दाहालकाे सभाध्यक्षतामा कार्यक्रम गरिएकाे थियाे । साे कार्यक्रममा सहिदहरूकाे नाममा दिप प्रज्वलन गरिएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि प्रताप सिंह तामाङले २०५२ फागुन १ गते अध्यक्ष प्रचण्डले सुरू गरेकाे जनयुद्वकाे जगका कारण देशमा परिवर्तन सम्भव भएकाे बताउनुभयाे ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादि केन्द्र ईन्द्रावतीका अध्यक्ष देवेन्द्र प्रसाद दाहालले माओवादि बलियाे बनाउन सबैजना एकताबद्व हुनुपर्ने धारणा राख्नुभयाे । अवकाे चुनावमा पार्टी एक भएर जान आवस्यक रहेकाे दाहालकाे भनाई छ । साथै दाहालले जनयुद्वमा घाइते याैँद्वाकाे स्वास्थ्यलाभकाे कामना गर्दै बेपत्ताकाे खाेजी कार्यमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयाे ।

कार्यक्रममा गाउँपालिका समितिका पदाधिकारी लगायत सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे । साे कार्यक्रममा नेकपा माओवादि केन्द्र जिन्दावाद, ३० औँ महान जनयुद्व जिन्दावाद, वीर सहिद लालसलाम जस्ता नारा लगाइएकाे थियाे ।

Leave a Reply