भुमि समस्या समाधान आयाेग सिन्धुपाल्चाेककाे विज्ञ सदस्यमा बालकृष्ण नेपाल

* # समाचार समाज सिन्धुपाल्चोक

चाैतारा,

भुमि समस्या समाधान आयाेग जिल्ला समिति सिन्धुपाल्चाेककाे विज्ञ सदस्यमा मेलम्ची नगरपालिका वडा नम्बर ५ का बालकृष्ण नेपाल नियुक्त हुनुभएकाे छ ।

मन्त्रीस्तरकाे निर्णयानुसार नेपाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नियुक्त गर्नुभएकाे हाे । नेपाल सरकारका पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले नेपाललाई विज्ञ सदस्यको रुपमा सिफारिस गर्नुभएकाे थियाे ।

त्यस्तै सदस्यमा बाह्रबिसे नगरपालिका ८ का योग प्रसाद नेपाल नियुक्त हुनुभएकाे छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गर्नुभएकाे छ । यसअघी नै भूमि आयोगको जिल्ला अध्यक्षमा ज्ञानेन्द्र राउत नियुक्त हुनुभएकाे छ ।

Leave a Reply