सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आगामी फागुन १८ बाट प्रतियोगिता हुने चौतारा टुँडिखेलमा तीन दिनसम्म चल्नेछ । 

जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको बैठकले सो निर्णय गरेको अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिनुभयाे । 

उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहका विद्यार्थी खेलाडीहरूको सहभागिता रहने छ । पालिकास्तरीय रनिङ शिल्डमा पदक विजेताहरूले यो प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

Leave a Reply