नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य माधव प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा आज तिपेनी बजारमा एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो ।
नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य एबं अध्यक्ष मण्डलका अध्यक्ष देबिन्द्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सुनिता अधिकारी,प्रदेश कमिटी सदस्य टासी लामा,पुर्ब प्रदेश कमिटी सदस्यद्वय शिशिर वाईवा र सोमर बोम्जन ,अध्यक्ष मण्डलका सदस्य नारायण भट्टराई ,निर्बाचन समिति संयोजक एबं जिल्ला कमिटी सदस्य पासाङ लामा,जिल्ला कमिटी सदस्यहरु मदन गुरुङ,चन्द्र गुरुङ,वाङ्दी दोङ ,निबर्तमान पालिका कमिटी अध्यक्ष दोर्जे लामा लगायतको उपस्थिति रहेको पालिका कमिटीका सल्लाहकार संयोजक निर्मल बन्जाराले जानकारी गराउनु भयो ।
गत माघ ५ गते सम्पन्न पालिका कमिटीको दोश्रो अधिबेशनबाट अध्यक्ष सुर्यमान दोङ उपाध्यक्ष दोकदोक तामाङ सचिव सुशन बोम्जन उपसचिव द्वय माईते दोङ तामाङ र बुद्धिमायां गुरुङ लगायतको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपबाट निर्बाचित भएको निर्बाचन समितिका संयोजक पासाङ लामाले जानकारी गराउनु भयो ।