मेलम्चीका मासु तथा दाना चल्ला व्यवसायीद्वारा टाकुरे आगलागी पीडितलाई सहयोग

इन्द्रावती ४ स्थित टाकुरेमा आगलागी पीडितलाई मेलम्चीका मासु तथा दाना चल्ला व्यावसायीहरूले आर्थिक सहयोग गरेका छन् । मेलम्चीमा रही व्यवसाय गरिरहेका युवाहरूले आज रामकृष्ण गजुरेल तथा सावित्री गजुरेललाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।  अप्ठ्यारो अवस्थामा थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको व्यावसायीहरूले बताएका छन् । आज सहयोग गर्नेहरूमा विश्वराम मासु पसलको तर्फबाट […]

Continue Reading

टाकुरे आगलागी पीडितलाई नवलपुर माविद्वारा आर्थिक सहयोग

इन्द्रावती ४ स्थित टाकुरेमा आगलागी पीडितलाई नवलपुर माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको तर्फबाट श्री टाकुरे आधारभूत विद्यालयका प्रधानाध्यापक सावित्री गजुरेललाई सहयोग गरिएको हो ।  विद्यालयको तर्फबाट आज कुल २१ हजार ६ सय ५ आज विद्यालयका प्रधानाध्यापक धर्म कुमार खोखालीले हस्तान्तरण गर्नुभएको हो । विद्यालयले यस अघि नै ४ बजार […]

Continue Reading

मेलम्चीका एकल महिलालाई सीपमुलक तालिमबाट आत्म निर्भर बनाउने विषयमा छलफल

मेलम्ची नगरपालिका भित्रका एकल महिलाहरूलाई सीपमुलक तालिम सञ्चालन गरि आत्म निर्भर बनाउने विषयमा छलफल भएको छ । मेलम्ची नगरपालिकास्तरीय एकल महिला सञ्जालका अध्यक्ष सुनिता पराजुली देउजाको अध्यक्षतामा बैठक बसी नगरपालिका भित्रका वडा स्तरीय एकल महिला सञ्जाल गठन गर्न बाँकी रहेका सबै वडामा सञ्जाल गठन गर्ने र सबै वडाका सञ्जालका प्रतिनिधिहरू सम्मिलित गरि नगरस्तरीय एकल महिला […]

Continue Reading

नागरिकलाई सेवा दिने कुरामा कुनै कन्जुस्याइँ हुँदैन : नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नागरिकलाई सेवा दिने कुरामा कुनै कन्जुस्याइँ नगर्ने बताउनुभएको छ । उहाँले जुनसुकै क्षेत्रमा पनि सरल र सहज रुपमा सेवा प्रवाह गर्ने कुरामा नगरपालिका लागि रहेको बताउनुभयो । तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको स्थानीय परियोजना सल्लाहकार समिति बैठकमा नगर प्रमुख तामाङले तिलगङ्गाको जस्तै सेवा मेलम्ची बाट प्रवाह गर्नेगरी काम गर्न नगरपालिका […]

Continue Reading

वडा स्तरीय पुरुष भलिवलको उपाधी आयोजक योङ स्टार लाई

मेलम्ची नगरपालिका ७ दुवाचौरमा सप्पन्न सिन्धुपाल्चोक जिल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजक योङ स्टार युवा क्लव दुवाचौरले जितेको छ । अज सम्पन्न फाइनलमा जुगल गाउँपालिका-४ पाङताङलाई सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जितेको हो । त्यस्तै मेलम्ची -७ सेल्लेलाई पराजित गर्दै जुगल -६ ले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा १७ टिम […]

Continue Reading

हेलम्बुका विद्यार्थीसँग अध्यक्ष कार्यक्रम, सवाल जवाफले विद्यार्थी खुशि

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । आज हेलम्बु गाउँपालिकाले सञ्चालन गरेको एकीकृत सिकाइ केन्द्रमा गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । आफ्ना विद्यालयसँग सम्बन्धित र शिक्षासँग सम्बन्धी विविध प्रश्न गर्न पाएकोमा विद्यार्थीहरूले खुशी व्यक्त गरेका थिए । हेलम्बु गाउँपालिकाका शिक्षा शाखा प्रमुख धन ध्वज लामाले शिक्षामा सुशासन […]

Continue Reading

शिक्षक भलिबल प्रतियोगिताको उपाधि जाल्पादेवी मावि लाई

कृष्ण ढुङ्गाना, तालामाराङ, विद्यालयको ३३ औ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका ६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयले आयोजना गरेको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गतका विद्यालयहरु बीचको शिक्षक भलिबल प्रतियोगितामा जाल्पादेवी मा.वि. मेलम्ची २, भोटेचौरले प्रथम स्थान हासिल गरेको छ ।  प्रतियोगितामा हेलम्बु मोडल विद्यालयले द्धितीय र आयोजक तेर्से मा.वि.ले तृतीय स्थान हासिल गरेको छ […]

Continue Reading

MANK द्धारा टाकुरे आगलागी पीडितलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग 

महिला आत्म निर्भरता केन्द्रले इन्द्रावती ४ का टाकुरे आगलागी पीडितलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेको छ ।  आज महिला आत्म निर्भरता केन्द्रका अध्यक्ष सञ्चमाँया स्याङ्बो, कार्यकारी निर्देशक कृष्ण गुरुङ, फेयरमेडका परियोजना प्रमुख शोभाराम भण्डारी, वडा नम्बर ४ का वडा सचिव मदन कुमार भट्टराई लगायतको उपस्थितमा सहयोग हस्तान्तरण गरिएको हो । सहयोग सामाग्री सावित्री गजुरेललाई […]

Continue Reading

पूर्व शिक्षक भण्डारीद्धारा सातकन्यालाई सेवा सुविधा वापतको १ लाख ६ हजार सहयोग

मेलम्ची ९ मा रहेको श्री सातकन्या माविको ५१ औं वार्षिकोत्सवको अवसरमा पूर्व प्रधानाध्यापक तथा शिक्षक सुनिल कुमार भण्डारीले १ लाख ६ हजार सहयोग गर्नुभएको छ । विद्यालयमा रहँदाको समयमा लिन बाँकी रहेको सो रकम विद्यालयको हितका लागि आफूले सहयोग गरेको भण्डारीले बताउनुभयो ।  हाल मेलम्ची नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा स्रोत व्यक्ति भण्डारीले सातकन्या माविमा […]

Continue Reading

माओवादी केन्द्र इन्द्रावती ४ द्धारा टाकुरे आगलागी पीडितलाई ४५ हजार सहयोग 

टाकुरे, सिन्धुपाल्चोक, नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका वडा नं ४ ले टाकुरे आगलागी पीडितलाई ४५ हजार २ सय ५ रुपैयाँ सहयोग हस्तान्तरण गरेकाे छ । आज नेकपा माओवादी केन्द्र इन्द्रावती ४ का वडा कमिटी अध्यक्ष राजेश अधिकारी, वडा कमिटी सदस्यहरू, पालिका अध्यक्ष मान बहादुर श्रेष्ठ सहितको उपस्थितिमा साे रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हाे । […]

Continue Reading