नेपाली काँग्रेसको नगरस्तरीय जरा अभियान मेलम्चीमा सम्पन्न

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा नेपाली काँग्रेसको नगरस्तरीय ‘जरा अभियान’ तथा क्रियाशील सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पार्टी संगठनलाई तल्लो तहसम्म थप सुदृढ, सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नगर कार्यसमिति, वडा सभापति, जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई समयमै सम्पन्न गर्न, नयाँ सदस्य विस्तार […]

Continue Reading

सिन्धुपाल्चोकको पिपलडाँडामा कुटपिटपछि महिलाको मृत्यु, घटनापछि श्रीमान फरार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा मदिरा सेवनपछि भएको घरेलु विवादले एक महिलाको ज्यान गएको छ। घटनापछि उनका श्रीमान फरार रहेका छन्। मृत्यु हुने स्थानीय मिना राना रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा उनका श्रीमान मिनबहादुर भण्डारीको खोजी तीव्र पारिएको छ। स्थानीयका अनुसार माइत गएकी मिनालाई मंगलबार मिनबहादुरले चौतारा साँगाचोकगढी नगरपालिका–७ पौवास्थित […]

Continue Reading

सिन्धुपाल्चोकको स्वास्थ्य उपलब्धि: पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

सिन्धुपाल्चोक । नियमित खोप पाउनुपर्ने सबै बालबालिकाको पहुँच सुनिश्चित गरेपछि सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। तर सरोकारवालाले घोषणा मात्रै अन्तिम लक्ष्य नभई आगामी दिनमा कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण कायम राख्नु नै सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्। जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा जिल्लाका १०३ वटै […]

Continue Reading

मेलम्चीमा पहिलोपटक क्याच एण्ड सर्व बल नेपालको डेमो प्रदर्शन

मेलम्ची । क्याच एण्ड सर्व बल नेपालले देशभर संस्था विस्तार र खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित सिन्धुपाल्चोकको मेलम्चीमा पहिलोपटक डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष कदम्बरी श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि तथा पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा क्याच […]

Continue Reading

इन्द्रावती गाउँसभाद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट पारित

नवल्पुर । इन्द्रावती गाउँपालिकाको नगरसभाबाट आर्थिक वर्ष २०८३/८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँको बजेट पारित भएको छ । असार १० गते प्रस्तुत बजेटमाथि छलफलपछि २७ गते नगरसभाको दोस्रो बैठकले यसलाई अन्तिम रूप दिएको हो।  पारित बजेटबाट गाउँपालिकाको दिगो पूर्वाधार विकास आर्थिक सामाजिक विकास समृद्धि रोजगार सृजना हुने र यसबाट गाउँपालिका बासीमा […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको ७६ प्रतिशत बजेट खर्च

नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रमअन्तर्गत हालसम्म कुल बजेटको ७६.१२ प्रतिशत खर्च भएको जनाएको छ। गाउँपालिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार संशोधित कुल बजेट रु. ८६ करोड ५४ लाख ३७ हजार मध्ये हालसम्म रु. ६६ करोड ०० लाख ०७ हजार खर्च भएको छ। विवरणअनुसार पुँजीगततर्फ विनियोजित रु. ३३ […]

Continue Reading

स्वस्थ शहर अभियानमा मेलम्चीका गतिविधिको समीक्षा, प्रभावकारिता बढाउने रणनीतिमा जोड

मेलम्ची । मेलम्ची नगरपालिकामा सञ्चालित ‘एक जिल्ला, एक स्वास्थ्य शहर’ कार्यक्रमको प्रगति तथा प्रभावकारिताको समीक्षा गरिएको छ। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको संयोजकत्वमा भएको बैठकमा अभियानअन्तर्गत भएका गतिविधि, उपलब्धि र आगामी कार्ययोजनाबारे छलफल गरिएको हो। समीक्षाका क्रममा नगर स्वास्थ्य सञ्जाल गठन, ओपन जिम स्थापना, खाद्य स्वच्छतासम्बन्धी अभिमुखीकरण, योग तथा जुम्बा कार्यक्रम, ज्येष्ठ नागरिक […]

Continue Reading

इन्द्रावतीमा विपद् स्वयंसेवक ब्युरो गठन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

नवलपुर । इन्द्रावती गाउँपालिकाको आयोजनामा तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित दुईदिने विपद् स्वयंसेवक ब्युरो गठन, परिचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाका १२ वटै वडाबाट ३/३ जना प्रतिनिधि, नेपाल प्रहरी, पत्रकार तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटीका भरत कोइराला र जिल्ला प्रशासन […]

Continue Reading

इन्द्रावतीमा विपद् स्वयंसेवक ब्युरो गठन तथा क्षमता अभिवृद्धि कार्यक्रम सुरु

नवलपुर । इन्द्रावती गाउँपालिकाको आयोजनामा तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा स्वयंसेवक ब्युरो गठन, परिचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम आजदेखि सुरु भएको छ। कार्यक्रम आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुनेछ। नेपाल रेडक्रस सोसाइटीका भरत कोइराला र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका रविराज धितालले प्रशिक्षण दिइरहनुभएको छ। प्रशिक्षणमा स्वयंसेवकको परिचय, […]

Continue Reading

डेंगी नियन्त्रणमा समुदायको साथ: इन्द्रावती–११ मा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

डेंगी संक्रमणको जोखिम न्यूनीकरणका लागि इन्द्रावती गाउँपालिका–११ बोडगाउँमा समुदायस्तरीय ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको अभियानसँगै अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको हो। कार्यक्रममा घर–घर तथा वरपर रहेका पानी जम्ने स्थानको पहिचान गरी एडिस जातको पोथी लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने अभ्यास गराइएको थियो। जनस्वास्थ्य कार्यालयका […]

Continue Reading