जाजरकोट भूकम्प प्रभावितलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ५ लाख सहयोग गर्ने

रेडियो मिसन ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्रमा राहत,पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुर्याउन पालिकाले सहयोग गर्ने भएको लामाको भनाई छ […]

Continue Reading

ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिर उद्घाटन सम्पन्न

रेडियो मिसन । मेलम्ची नगरपालिका ९ ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिरको उद्घाटन गरिएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान लगायतले मेलम्ची नगरपालिका वडा नम्बर ९ मा अवस्थित करिव दुई सय वर्ष पुरानाे गाेल्मेश्वर महादेवकाे नवनिर्मित मन्दिरकाे समुद्घाटन गर्नु भएकाे हो । मन्दिर निर्माणका लागि नगरपालिकासँगै स्थानीय बासिहरुले पनि आर्थिक […]

Continue Reading

मेलम्ची नगरपालिका ९ नम्बर वडा कार्यालयको भवन उद्घाटन

रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नम्बर ९ को प्रशासकिय भवन उद्घाटन गरिएको छ । बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान , प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, वडा अध्यक्ष किरणदिप खडका लगायतले भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिकाको धेरै वडा कार्यालय निर्माण भइ सकेको […]

Continue Reading

बालसुधार माविमा नवनिर्मित सरस्वती मन्दिर उद्घाटन 

मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौर स्थित बालसुधार माध्यमिक विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको उद्घाटन भएको छ । सोही विद्यालयका २०६० सालका एस एल सि ब्याज द्वारा निर्मित मन्दिरको आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उप प्रमुख उमा प्रधान ,समाजसेवी तथा सम्मानित व्यक्तित्व डाक्टर  कृष्णप्रसाद सुवेदी, वडा अध्यक्ष पासाङ तामाङ, लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।  […]

Continue Reading

ज्यामिरेमानेमा महीला स्वास्थ्य शिविर सम्पन्न, ४९१ जनाले सेवा लिए

इन्द्रावती गाउपालिका वडा नम्बर ८ मा निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । आज एक औपचारिक कार्यक्रम गरी शिविर सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकाका नागरिकहरूको सेवाको लागि शिविर आयोजना गरेको बताउनुभयो […]

Continue Reading

कटुन्जेमा देउसी खेलेको रकमले गाउँलाई आवश्यक सामाग्री किन्ने

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका ११ का युवाहरुले देउसी खेलेको रकमबाट गाउँका लागि आवश्यक सामाग्री खरिद गर्ने भएका छन् । यस बर्षको तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार रुपैयाँबाट गाउँमा हुने विवाह, ब्रतबन्धजस्ता सामाजिक र सामूहिक कार्यमा प्रयोग हुने भाँडाबर्तन खरिद गरिने छ ।उल्लासमय सहभागितामा सञ्चालित परम्परागत देउसी भैलो कार्यक्रमबाट उठेको दक्षिणा बापत संकलन […]

Continue Reading

एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर चोरबाटो हुंदै अमेरिका छीरेका बाह्रविसेका श्रेष्ठको मृत्यू

साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठको मृत्यु भएको छ । अमेरिका स्थीत टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार श्रेष्ठले ज्यान गुमाएका हुन् । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । […]

Continue Reading

भु–स्वर्ग गुफाडाँडा मन आनन्दीत गराउने थलो हो : प्रमुख तामाङ

मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा आन्तरिक पर्यटकको उपस्थिति बाक्लो बनाउन नगरपालिकाले नयाँ अभ्यास थालेको छ । “घुमौ मेलम्ची” भन्ने मुल नाराका साथ सहज र सुरक्षित तरिकाले मेलम्चीको पर्यटकीय स्थल घुम्न सक्ने नयाँ कार्यक्रम ल्याएको र देशव्यापी बनाउन अभियान थालेको मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताउनुभयो । आज पर्यटकीय नगरी गुफाडाँडा पुग्ने क्रममा प्रमुख तामाङले मेलम्ची […]

Continue Reading

पाँचपोखरीमा बोटिङ गर्नेमाथि छानबिन तथा अनुसन्धान गरीदैं

पाँचपोखरीमा रहेका तालहरुमा बोटीङ गर्नेहरुमाथी गाँउपालिकाले अनुसन्धान गर्ने भएको छ । केही दीनअघी एक समूहद्वारा बोटिङ गरेको विषयमा छानविन सुरु गर्ने पाँचपोखरी संरक्षण समितिले बताएको छ । गाँउपालिकाको पर्यटन बोर्ड तथा पाँचपोखरी संरक्षण समितिले अनुमती बिना नै पोखरीमा बोीङ गरेको जनाएको छ । यस्ता गलत कार्य गर्नेको छानबिन तथा अनुसन्धान कार्य भईरहेको समितिले जनाएको छ […]

Continue Reading

सिडिइसिएफद्वारा भुकम्प प्रभावितलाई त्रिपाल र न्यानो कम्बल सहयोग

रेडियो मिसन ।सामुदायिक विकास तथा वातावरण संरक्षण मंच (सिडिइसिएफ्) ले जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामाग्री सहयोग गरेको छ । संस्थाले जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा न २ र ४ का प्रभाबितलाई वितरण गर्ने गरि १४२ थान त्रिपाल र ४६० थान न्यानो कम्बल गाउँपालिकालाई हस्तान्तरण गरेको संस्थाका बिपद फोकल पर्सन, कार्यक्रम संयोजक इच्छाराम सापकोटाले जानकारी दिनुभयो […]

Continue Reading