रत्न छत्र हिमालय फाउन्डेसनद्वारा शैक्षिक सामाग्री सहयाेग

रत्न छत्र हिमालय फाउन्डेसनद्वारा पन्चकन्या आधारभूत विद्यालयमा शैक्षिक सामाग्री सहयाेग गरीएकाे छ । आज एक कार्यक्रमका विच फाउन्डेसनले सहयाेग गरेकाे फाउन्डेसनका अध्यक्ष राजेश हिमालयले बताउनुभयाे । रत्न छत्र हिमालय फाउन्डेसनको सहकार्यमा लायन्स क्लब अफ काठमाण्डाै‌ फेलोशिप,लायन्स क्लब अफ काठमाण्डाै‌ देवालय डिस्ट्रिक्ट ३२५ एफकाे सहयोगमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका लागर्चे ८ स्थित पन्चकन्या आधारभूत विद्यालयमा बालबालिकालाई स्कुल […]

Continue Reading

भूतपूर्व विद्यार्थीहरुको सहयोगमा शिवशंकरेश्वर आविमा न्यानो कपडा वितरण

मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको श्री शिवशंकरे आधारभूत विद्यालयमा ५० जनालाई न्यानो कपडा तथा जुत्ता वितरण गरीएको छ । आज वडा अध्यक्ष गणेश बहादुर तामाङको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको हो । खर्चको बचत गरी विद्यालयमा न्यानो कपडा वितरण गर्नुले विद्यालयलाई राहत मिलेको वडा अध्यक्ष गणेश बहादुर तामाङले बताउनुभयो […]

Continue Reading

क्षमता अभिवृद्धि वर्षको रुपमा काम गर्ने निर्णय गर्दै पत्रकार महासंघ सिन्धुपाल्चोकको पहिलो बैठक सम्पन्न

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित  समितिको पहिलो बैठक बसेको छ । बैठकले  पत्रकारहरुको क्षमता अभिवृद्धि वर्षको रुपमा काम गर्ने महत्त्वपूर्ण निर्णय गरेको सचिब टिका सुवेदीले जानकारी दिनुभयो ।  नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण पश्चात्  चौतारा स्थित महासंघको कार्यालयमा बसेको बैठकले धन्यवाद ज्ञापन,खाता संचालन लगायत अन्य निर्णय समेत गरेको छ । पदभार […]

Continue Reading

ईन्द्रावती ३ वडा कार्यालय निर्माण विवाद : अपायक स्थान छनौट गरेकोमा सर्वदलीय विज्ञप्ती

ईन्द्रावती गाउँपालीका वडा नम्बर ३ को वडा कार्यालय भवन निर्माण अपायक स्थानमा भएको भन्दै चौतर्फी विरोध भईरहेको छ । आज सर्वदलीय प्रेस विज्ञप्ती निकाल्दै बहु संख्यक नागरिकलाई अपायक पर्ने स्थानमा वडा कार्यालय बनाउने प्रयास गरेको उल्लेख गरीएको छ । पुष ६ गतेको घटना राजनैतीक प्रतिशोध नभई जनताको आवेग भएको विज्ञप्तीमा भनीएको छ । वडा कार्यालयले […]

Continue Reading

सिन्धुपाल्चाेककाे वसन्तपुरमा पुष १६ देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

सिन्धुपाल्चाेक जिल्लाकाे ईन्द्रावती गाउँपालिका वडा नं ६ बसन्तपुरमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ । श्री गाैखुरेश्वर फलाँटेश्वर गड्गडेधाम बिकास उपभाेक्ता समितिकाे आयाेजनामा यहि पुस १६ देखि २२ गते सम्म सप्ताह ज्ञान महायज्ञ हुन लागेकाे हाे । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । वुधवार पत्रकार र समिति […]

Continue Reading

चौतारामा “अपाङ्गता समाबेशी बिकास” बारे सिकाइ आदानप्रदान कार्यक्रम सम्पन

रेडियो मिसन ।  “अपाङ्गता समाबेशी बिकास” बारे सिकाइ आदानप्रदान कार्यक्रम चौतारामा सम्पन भएको छ । नगर अपाङ्गता समन्वय समितिको आयोजना तथा CBM global/सप्रोस नेपालको सहयोगमा कार्यक्रम सम्पन भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको उप-प्रमुख सिता थापाको प्रमुख आतिथ्यता र नगर अपाङ्गता समन्वय समितिको अध्यक्ष सुशिला श्रेष्ठको सभापतित्वमामा भएको कार्यक्रममा प्रमुख अतिथि थापाले अपाङ्गताका सवालहरुलाई नगरपालिकाले […]

Continue Reading

नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको ग्रेडिङ सम्पन्न

रेडियो मिसन ।  नेपाल गोजुरियो कराँते संघ प्रगती डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको प्रथम ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, नेपाल गोजुरियो कराँते संघका केन्द्रिय सचिव सानुबाबु गिरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । ४२ जना प्रशिक्षार्थिमध्ये ३० जनालाई एल्लो,११ जनालाई ओरेन्ज बेल्ट र १ जनालाई ब्ल्यु बेल्ट […]

Continue Reading

शैक्षिक अभियान्ता गिरीद्वारा भीमटारका दुईवटा विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण 

ईन्द्रावती गाउँपालिका वडा नं १२ का दुईवटा विद्यालयमा शैक्षिक अभियान्ता मोहन गिरीले न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्नुभएको छ। आज एक कार्यक्रमका बीच गिरीले शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्नुभएको हो।  ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ मा रहेको ढाेटार आधारभूत विद्यालय र इन्द्रावती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको […]

Continue Reading

ईन्द्रावती ३ को निर्माणाधीन वडा कार्यालयमा तोडफोड गर्ने ५ जना पक्राउ

ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को निर्माणाधीन वडा कार्यालय भवनमा तोडफोड भएको छ । तोतफोडमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्व वडा अध्यक्ष देब प्रसाद बानियाँको नेतृत्वमा आज (शनिबार) ३ बजेर २० मिनेटमा ईन्द्रावती ३ मा बन्दै गरेको वडा कार्यालयको ३ वटा पिलर ग्रेन्डर मेसिनको प्रयोग गरी काटीएको ईलाका प्रहरी कार्यालय नवलपुरका […]

Continue Reading

हाम्रो टिम मेलम्चीको अध्यक्षमा पुनः आशिष श्रेष्ठ

रेडियाे मिसन । हाम्रो टिम मेलम्चीको अध्यक्षमा पुनः आशिष श्रेष्ठ सर्वसम्बत निर्वाचित हुनुभएको छ । आज मेलम्चीमा भएको प्रथम साधारणसभा बाट आशिष श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको समितीका सदस्य अनिल दुलालले जानकारी दिनुभयो । साधारणसभालाई सम्बोधन गर्दै वडा नम्बर ११ अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि चन्द्रबहादुर तामाङ क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा […]

Continue Reading