प्रथम इन्द्रावती गाउँपालिका स्तरीय 7A साइड इन्द्रावती बूढीचौर कप फुटबल प्रतियोगिता २०८० सुरु

इन्द्रावती सृजनशील युवा समाज द्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बूढीचौर कप फुटबल प्रतियोगिता २०८० को आज शनिवार उद्घाटन भएको छ । प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले रेफ्री लाई बल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा इन्द्रावती गाउँपालिकाका पर्व अध्यक्ष वंशलाल तामाङको विशेष आतिथ्यता रहेको थियो […]

Continue Reading

गाउँमै बसेर पढ्ने वातावरण तयार गर्न सबै लाग्नुपर्छ : अध्यक्ष शेर्पा

हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित पाल्चोक माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्नुहुदैँ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा ब्याचलर सम्म निशुल्क: अध्ययनको व्यवस्था गरिने बताउनुभएको छ । उहाँले स्वास्थ्य र शिक्षा निशुल्क भएमा मात्र स्थानीयको जीवनयापन सहज हुने बताउनुभयो । उहाँले काठमाडौँ तथा विदेश गएर […]

Continue Reading

बाल सुधार माविका भूतपुर्व विद्यार्थीहरूको पहिलो तथा ऐतिहासिक भेला सम्पन्न

श्री बाल सुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरमा अध्ययन गरी हाल विभिन्न ठाउँमा रहेका भूतपुर्व विद्यार्थीहरूको पहिलो तथा ऐतिहासिक भेला आयोजना गरेको छ । भूतपुर्व विद्यार्थी भेला आह्वान मूल समितिको आयोजनामा भएको भेलाले प्रदीप पुरीको अध्यक्षतामा बाल सुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा दीपा श्रेष्ठ, सचिवमा नवीन […]

Continue Reading

सामुदायिक विद्यालयहरू समुदायको आकर्षण हुनुपर्छ : प्रमुख प्रसासकीय अधिकृत दुलाल

सामुदायिक विद्यालयहरू समुदायको आकर्षण हुनुपर्ने इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले बताउनुभएको छ । श्री पञ्चकन्या आधारभूत विद्यालय ईन्द्रावती ८ ज्यामिरेमाने को ४३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक सुधारमा अपेक्षित उपलब्धि हासिल हुन अझै धेरै मेहेनतको आवश्यकता रहेको बताउनुभयो । सामुदायिक विद्यालयहरू समुदायको आकर्षणको केन्द्र नभई शैक्षिक उपलब्धिहरू हाँसिल गर्न नसकिने दुलालको […]

Continue Reading

पञ्चकन्या आविको ४३ औं वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न

इन्द्रावती ८ मा रहेको श्री पञ्चकन्या आधारभुत विद्यालयको ४३ औं वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दुलालले विद्यालयमा रहेको शैक्षिक तथा भौतिक अभाव पूर्तिका लागि पालिकाले सहजिकरण गर्दै जाने बताउनुभएको छ । पालिकामा […]

Continue Reading

नेपाल तामाङ घेदुङ मेलम्ची नगर अध्यक्षमा ओम वाइबा तामाङ

रेडियो मिसन, मेलम्ची ।नेपाल तामाङ घेदुङ मेलम्ची नगर समिती गठन गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्लाको निर्देशन अनुसार आज मेलम्ची नगर पालिकामा सिन्धुपाल्चोक जिल्ला नेपाल तामाङ धेदुङका उपाध्यक्ष थुप्तेन ग्याल्बो तामाङ अथितित्वमा भेला गरिएको हो । नगर भेलाबाट अध्यक्षमा ओम वाइबा तामाङ, उपाध्यक्षमा सोम तामाङ र विशाल तामाङ, कोषाध्यक्षमा पुजा तामाङ, सचिवमा बिकास तामाङ […]

Continue Reading

संघ र प्रदेश सरकारले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न मेयर तामाङको आग्रह

मेलम्ची । मेलम्ची नगरपालिकाको पर्यटकीय स्थल गुफाडाँडा जोड्ने ज्यामिरे— गुफाडाँडा —पर्यटन मार्ग स्तरोन्नतिको बुधबार शिलान्यास गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्ग अन्तर्गत मेलम्ची १० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गर्नुभएको हो । मेलम्ची नगरपालिकाको २ करोड ५९ लाख रुपैयाको लागतमा गेहेन्द्रलक्ष्मी निर्माण तथा जुगल हिमशिखर जेभीले सडक कालो पत्रे, ढलान लगायतको […]

Continue Reading

नगरद्धारा जारी गरेको सुचनालाई कार्यान्वयन गराउन मेलम्ची बजारको अनुगमन

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाले मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना (भर्याङ, बार्दली, कौसी र सडक पेटी लगायत संरचना) हटाउन जारी गरेको सुचनालाई कार्यान्वयन गराउन आज मेलम्ची बजारको अनुगमन गरेको छ । साथै अनुगमन गर्दै सम्बन्धीत घरधनीलाई मापदण्ड बमोजिम नरहेका भर्याङ,कौसी,सडक पेटि मिचेर ब्यापारका लागी राखिएको सामग्री हटाउन आग्रह गरेको छ । […]

Continue Reading

इन्द्रावतीको दोस्रो गाँउ सभाको पाँचौं अधिवेशन सम्पन्न, २ विद्येयक पारीत

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँच अधिवेशन सम्पन्न भएको छ । आजको गाउँ सभाले २ विद्येयक समेत सर्वसम्मतिले पास गरेको छ । आज भएको गाँउ सभाले शिक्षा ऐन पहिलो संशोधन विद्येयक २०८० र खेलकुद विकास विद्येयक २०८० लाई सर्वसम्मतिले पास गरेको हो । यस्तै गाउँ सभाले विनियोजन ऐन आर्थिक वर्ष २०८०/०८१ […]

Continue Reading

गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्छ : स्वास्थ्य मन्त्री बस्नेत 

हेलम्बु, सिन्धुपाल्चोक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताउनुभएको छ ।   हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुद्घाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताउनुभएकाे हाे । गुम्बा विकास समितिका पदाधिकारीले गुम्बा निर्माणमा सरकारले सहयोग गर्नु पर्ने माग […]

Continue Reading