पाँचपोखरीमा मिति गुज्रेका साँढे ६ लाख भन्दा बढीको सामान नष्ट

रेडियो मिसन, पाँचपोखरी ।पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रको बजार अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्मका २१२ वटा पसल अनुगमन गरि अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु जफत गरि नष्ट समेत गरिएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । गाउँपालिकाले गरेको अनुगमनमा प्रायजसो मिति गुज्रेको सामान भेटिएको र यसले मानिसको […]

Continue Reading

मेलम्चीमा विद्यालय दिवा खाजा सम्बन्धी अभिमुखीकरण 

रेडियो मिसन, मेलम्ची । विश्व खाद्य कार्यक्रम WFP को प्राविधिक सहयोगमा सञ्चालित स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा परियोजना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।  मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा दिवा खाजालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको नगर प्रमुख तामाङले जानकारी दिनुभयो । छलफल कार्यक्रममा उपप्रमुख […]

Continue Reading

सिन्धु विकास बैंकको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ जनाले गरे रगत दान

रेडियो मिसन, पाँचखाल ।  सिन्धु विकास बैंक कर्पोरेट कार्यालय बनेपाको समन्वय तथा  पाँचखाल शाखाको  आयोजनामा  पाँचखालमा आयोजित  रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छ्न । सोमबार बैंकको प्राङ्गणमा भएको रक्तदानमा कर्मचारी, स्थानीय लगायत ५४ जनाले रक्तदान गरेको  सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले जानकारी दिनुभयो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम […]

Continue Reading

इन्द्रावतीमा बृहत् यौनिकता शिक्षा लक्षित समिक्षा कार्यक्रम सम्पन्न 

रबिन दनुवार, नवलपुर । बृहत् यौनिकता शिक्षालाई लक्षित समीक्षा बैठक सम्पन्न भएको छ । विराट नेपाल मेडिकल ट्रस्ट संस्थाका निर्देशक रघु धितालको अध्यक्षता तथा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले सरकारले गर्नु पर्ने यौनिकता शिक्षा सचेतना कार्यक्रम संस्थाले गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो […]

Continue Reading

भोटसिपामा नियमित पोषण पाठशाला दिवस समापन

रबिन दनुवार, भोटसिपा ।  इन्द्रावती गाउपालिका वडा नम्बर ९ स्थित भोटसिपामा नियमित पोषण पाठशाला दिवसको समापन भएको छ । स्थानीय गैरसरकारी संस्था खाद्य तथा पोषण सुरक्षा सुधारको आयोजनामा पोषण पाठशाला दिवस मनाइएको हो ।  कार्यक्रमको अवसरमा इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले पालिकालाई कुपोषण रहित बनाउने बताउनुभयो ।  मानव जीवनको संवेदनशील क्षेत्र भनेको स्वास्थ्य क्षेत्र रहेको […]

Continue Reading

इन्द्रावती नमुना पोषण पाठशाला समारोह सम्पन्न

रबिन दनुवार, नवलपुर ।इन्द्रावती नमुना पोषण पाठशाला समापन समारोह सम्पन्न भएको छ । मंगलबार इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा र इन्द्रावती नमुना पोषण पाठशालाका अध्यक्ष शान्ता माया गोलेको अध्यक्षतामा समारोह इन्द्रावती ४ गैरीगाउँमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पालिका अध्यक्ष झम्क नेपालले तीन वर्षे कार्यक्रमले मात्रै पोषण पाठशालाको […]

Continue Reading

आँखा शल्यक्रिया गरेका बिरामीहरुलाई गाउँपालिकाद्धारा दुई हजार नगद सहित कम्बल बितरण

रबिन दनुवार, सिपाघाट ।इन्द्रावती गाउपालिकाले आँखा शल्यक्रिया गरेको बिरामीहरुलाई नगद सहित कम्बल प्रदान गरेको छ । बिरामीहरुलाई पालिका अध्यक्ष झम्क नेपालले दुई हजार पोषण भत्ता सहित एक एक ओटा कम्बल वितरण गरेको हो । आइतबार देखि इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा नि शुल्क आँखा शल्यक्रिया शिविर सञ्चालनमा आएको हो । शिविर तिलगंगा आँखा प्रतिष्ठान, इन्द्रावती […]

Continue Reading

सांसद तामाङ द्धारा गृह वडामा स्वास्थ्य सामाग्री बितरण

रेडियो मिसन, थकनी । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ समिरले स्वास्थ्य सामाग्रीहरु बितरण गर्नुभएको छ । तामाङले गृह वडा मेलम्ची नगरपालिका ४ थकनीमा स्वास्थ्य सामाग्रीहरु बिततरण गर्नुभएको हो ।  पल्स अक्सिमिटर, थर्माेमिटर गन, ग्लोब्स, बिपि सेट, मास्क, फेस सिल्ड, पिपिइ सेट, डिजिटल थर्माेमिटर लगायतका […]

Continue Reading

मेलम्चीमा २९ जना पुरुषले स्थायी बन्ध्याकरण गराए

रेडियो मिसन, मेलम्ची ।आज मेलम्ची नगर अस्पतालमा परिवार नियोजनको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी शिविर सम्पन्न भएको छ । शिविरमा सन्तानको रहर पुगेका २९ जना पुरुषले सेवा लिएका छन् । मेलम्चीका २२, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ५, इन्द्रावती र हेलम्बु गाउँपालिकाका १–१ जनाले सेवा लिएको मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।  जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको […]

Continue Reading

पाँचपोखरीमा जटिल रोगका बिरामीहरुलाई औषधी उपचारका लागि मासिक ५ हजार

रेडियो मिसन, थाङ्पाल ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका दिर्घरोगका बिरामीहरुका लागि औषधी उपचारमा सहयोग गर्ने उदेश्यले मासिक ५ हजार दिन सुरु गरेको छ । नेपाल सरकारले यी चार रोगका बिरामीहरुलाई उपचारमा सहयोग गर्ने उदेश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय सरकारहरुलाई अनुरोध गरेको […]

Continue Reading