आय आर्जनको काममा ध्यान दिन नगर प्रमुख तामाङको आग्रह

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गर्नुभएको छ ।

नगरस्तरीय दलित साझा सञ्जालकाे आयोजनामा २ दिने दलित हक र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको शनिबार उद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि तामाङले सिपमुलक तालिम लिएर आय-आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताउनुभयो ।

हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के के गरे, योजनाहरुको लागि कति प्रयत्न गरेको छ चासो राख्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

आगामी दिनमा दलित हक अधिकार तथा विकास निर्माणका कार्यको बारेमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने नगर प्रमुख तामाङकाे भनाई थियाे । आगामी वर्ष दलितहरूकाे लागि आय आर्जन वृद्धि तथा अन्य उपयोगी कार्यक्रममा बजेट थप गर्ने प्रतिवद्धता जनाउनुभयो । छुवाछुत र दुर्वव्यहार गर्नेलाई कानुनी कारबाही हुने प्रमुख तामाङले बताउनुभयाे ।

कार्यक्रममा मेलम्चीका दलित वडा सदस्य, कार्यपालिका सदस्य ,दलित अगुवा लगायत ५० जना रहेको आयोजका सचिव टीकाबहादुर विश्वकर्माले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण राजु विक र उमेश विश्वकर्माले गर्नुहुनेछ ।

दलित अधिकार, दलित सम्बन्धी कानुनी कुरा, नेतृत्व विकासका लागि गर्नुपर्ने काम लगायत विषयमा जानकारी गराइने प्रशिक्षक राजु विकले जानकारी दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य दिलबहादुर नेपाली लगायतले दलितका हक अधिकार लगायत बिषयमा जानकारी गराउनुभयो ।

औपचारीक कार्यक्रम सञ्जालका अध्यक्ष हरिबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको हो ।

Leave a Reply