नि:शुल्क महिला स्वास्थ्य शिविर सुरु

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन ।
मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा निशुल्क महिला स्वास्थ्य सुरु भएको छ । शिविरको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरवासिलाई स्वस्थ्य राख्न र सहज बनाउन टोल टोलमा,वडा वडामा र समय समयमा नगर अस्पतालमा विगत देखिनै शिविर गर्दै आएको बताउनुभयो ।

उहाँले निर्धक्क आफ्ना समस्या नलुकाइ स्वास्थ्यकर्मिलाई भन्न आग्रह गर्नुभयो । उपप्रमुख उमा प्रधानले विभिन्न समस्याहरु सहेर घरमै बस्ने गर्नाले महिलाहरु अहिले ठुलो पिडामा रहेको बताउनुभयो ।

आफुमा भएको समस्या लुकाउने ,स्वास्थ्य परिक्षण नगर्ने आफ्नो समस्या अरुलाइ नभन्ने कारणले निको हुने रोग समेत ढिला भएका कारण निको नहुने गरेको बताउनुभयो । उहाँले सामान्य रोगको यहीँ उपचार गर्ने र जटिल खालको रोग देखापरेमा पनि निशुल्क उपचार गर्ने प्रबन्ध मिलाउन सहयोगी संस्था सामुदायिक स्वास्थ्य परिक्षण नेपाललाई आग्रह गर्नुभयो ।

सामुदायिक स्वास्थ्य परिक्षण नेपालका निर्देशक महादेव बानियाँले पाठेघर खस्ने त पाठेघरको मुखको क्यान्सर भएका बिरामीको पहिचान र उपचार शिविरको मुख्य उदेश्य रहेको बताउनुभयो । उहाँले पाठेघर खस्ने समस्या भएका हरुको निशुल्क अप्रेसन हुने जानकारी गराउनुभयो ।

शिविरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको उपचार,रिङ्पेशरिको परामर्श र अप्रेशन सुविधा,स्त्रीरोग सम्बन्धी परिक्षण, पाठेघरको मुखको मयलको परिक्षण र परामर्श र निशुल्क पाठेघरको अप्रेशन लगायतको सेवा उपलब्ध हुने आयोजकले जनाएको छ ।

Leave a Reply