रेडियो मिसन, मेलम्ची ।
मेलम्चीका अपाङ्गता भएका ७ जनालाई मौरीघार बितरण गरिएको छ । अपाङ्गता अधिकार मञ्च मेलम्ची नगरको आयोजना र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आज अपाङ्गता भएका ब्यक्तिहरुलाई एकदिने मौरी पालन सम्बन्धी तालिम सहित मौरी सहितको घार वितरण गरिएको हो ।
कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले अपाङ्ता भएका ब्यक्तिहरुलाई मौरी घार बितरणले केहि आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । तालिमको सहजिकरण भवनाथ दुलालले गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर १,२,३ र ११ का वडा अध्यक्ष तथा प्रशासकिय अधिकृत झपेन्द्र खरेल लगायतको उपस्थिती रहेको नगर अपाङ्ग सञ्जाल मेलम्चीका अध्यक्ष सोम दुलालले जानकारी दिनुभयो ।