जिल्ला ब्यापी भलिवलको उपाधी सिन्धु योङ्ग स्टारलाई, पुरस्कार बितरण केहीबेरमा

विविध

रेडियो मिसन, मेलम्ची ।
मेलम्चीमा जारी जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधी सिन्धु योङ्ग स्टार ए मेलम्ची ९ ले हात पारेको छ । फाइनलमा मेलम्ची ७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ्ग स्टारले उपाधीमाथी कब्जा जमाएको हो । मेलम्ची ९ ले दुवाचौरलाई २५–२० २५–१८ र २०–२५ र २५–१६ ले पराजित गरेको हो ।

उपाधी सँगै मेलम्ची ९ ले २ लाख नगद हात पारेको छ भने मेलम्ची ७ दुवाचौरले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै बनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सृजनशिल युवा क्लव दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै बनकाली तेस्रो भएको हो । उसले ७५ हजार रुपैयाँ नगद पाउने छ ।

मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा २५ गतेबाट सुरु भएको प्रतियोगिताको समापन नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा हुन लागेको हो ।

प्रतियोगिताको बिजेतालाई मन्त्री बस्नेतको बाहुलीबाट केहि बेरमा नगद पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र बितरण हुने कार्यक्रम संयोजक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply