रेडियो मिसन, चौतारा ।
नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको चौथो संयुक्त जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशन चौतारा साँगाचोकगढी नगरपालिका १४ झ्याडी नमुना बस्तीमा बुधवार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल माझी उत्थान संघ केन्द्रिय उपाध्यक्ष चिनिमाया माझीले माझी समुदायले आफ्नो पहिचान जोगाउदै आय आर्जनमा जोडिनु पर्ने बताउनुभयो । उहाँले माझी समुदायको उत्थानमा लाग्न नयाँ कार्यसमितिलाइ आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल माझी महिला उत्थान सघंकी केन्द्रिय अध्यक्ष रिता माझी, आदिवासि जनजाति महासघं सिन्धुपाल्चोकका उपाध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै इन्द्रावती गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम जी माझीले माझिहरु एक जुटहुन सकेमा मात्र विकास हुने बताउनुभयो । उहाँले अझैपनि चेतनाको कमि रहेको उल्लेख गर्दै सिर्जनात्मक काममा लाग्न आग्रह गर्नुभयो ।
अधिवेशनले अमृत माझीको अध्यक्षतामा १४ सदस्सयीय समिति गठन गरेको छ । समिको उपाध्यक्षमा सुकुमाया माझी, सचिवमा सानुकाजि माझी, कोषाध्यक्षमा जित बहादुर माझी, सहसचिवमा सर्जिप माझी चयन गरेको पत्रकार केदार माझीले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा कुमार माझी ,अमन माझी ,मिलन माझी ,संगिता माझी ,प्रेम बहादुर माझी, अमृत माझी, कञ्चन माझी र मेनुका माझीलाई चयन गरेको नवनिर्वाचित जिल्ला सदस्य कुमार माझीले जानकारी दिनुभयो । अधिवेशनले नेपाल माझि महिला उत्थान सघं जिल्ला कार्यसमिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा तारा माझी, उपाध्यक्षमा मञ्जु माझी, सचिवमा जुना माझी, सहसचिवमा सिता माझी, कोषाध्यक्षमा प्रतिमा माझी चयन गरेको पत्रकार केदार माझीले जानकारी दिनुभयो ।
सदस्यहरुमा सरिता माझी, संगिता माझी, फुलमाला माझी, सिता माझी, गोपीनी माझी, संगिता माझी चयन हुनुभएको पुर्ण माझीले जानकारी दिनुभयो । त्यस्तै माझी विद्यार्थी सघंमा दिनेश माझीको अध्यक्षतामा १३ सदस्सिय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा संगिता माझी, सचिवमा विवेक माझी, सहसचिवमा रुपक माझी, कोषाध्यक्षमा प्रतिमा माझी, सदस्यहरुमा निशा माझी, सुमन माझी, अनिल माझी, दिलिप माझी, रुपेश माझी, रोजिना माझी, रुपक माझी र दिपशन माझी चयन गरिएको पत्रकार केदारमाझीले जानकारी दिनुभयो ।
निवर्तमान अध्यक्ष बल बहादुर माझीको अध्यक्षतामा भएको कार्यक्रमा माझी समुदायका नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।