चौथो हेलम्बु स्तरीय फुटबलको फाइनलमा न्यु राइजिङ युवा क्लव र हेलम्बु ५ भिडने 

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, हेलम्बु ।

चौथो हेलम्बु स्तरीय फुटबलको फाइनलमा आयोजक न्यु राइजिङ युवा क्लव र हेलम्बु ५ भिड्ने भएका छन । आज सम्पन्न सेमिफाइनलका खेल जित्दै यी दुईले फाइनल भेट पक्का गरेका हुन । 

सोनाम ल्होछारको अवसरमा आयोजित प्रतियोगिता अन्तर्गत भोलि बिहान १० बजे गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्य र नवराज घोरासैनी लगयातका चर्चित कलाकारको प्रस्तुतिका साथ खेल सम्पन्न हुने स्थानीय श्याम शर्मा एलसिले जानकारी दिनुभयो ।  

प्रतियोगितामा प्रथम पहिलो हुने टोलीले १ लाख दोस्रो हुनेले ५० हजार रुपैयाँ नगद पाउने न्यु राइजिङ युवा क्लवका संस्थापक अध्यक्ष साङ्गे दोङ तामाङले जानकारी दिनुभयो ।

गाउँपालिकाको सहयोग र न्यु राइजिङ युवा क्लवको आयोजनामा खेल सञ्चालन भएको हो ।

Leave a Reply