एक लाख पुरष्कार राशीको भलिबल प्रतियोगिताको उपाधी मेलम्चीको पोल्टामा

* # खेलकुद समाचार सिन्धुपाल्चोक

जलबिरे ।
सिन्धुपाल्चोक जिल्ला स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ । फाइनलमा जुगल गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै मेलम्चीले उपाधीमाथी कब्जा जमाएको हो । उपाधी सँगै मेलम्चीले एक लाख नगद पुरष्कार पनि हात पारेको छ । उपबिजेता बनेको जुगलले ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै मेलम्ची २ ले प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेको भने उसले २५ हजार रुपैया पाएको छ ।

मेलम्ची २ सँग पराजित भएको सिर्जनसिल युवा क्लब सान्त्वना हुँदै १० हजार प्राप्त गरेको आयोजक जलबिरे युवा क्लबका सचिव दिपेन्द्र थापाले जानकारी दिनुभयो । १४ टोली सहभागी भएको प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हाँसिल गर्ने टोलीले नगद पुरष्कार सँगै सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा मेलम्चीका रमेश खतिवडा उत्कृष्ठ खेलाडी, उमेश खतिवडा उत्कृष्ठ स्पाइकर, डम्बर तामाङ उत्कृष्ठ डिफेन्डर र कृष्ण तामाङ उत्कृष्ठ लिफ्टर घोषित हुनुभएको मेलम्चीका टिम म्यानेजर रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

युवा एकता आजको आवश्यकता भन्ने मुल नारा सहित जलबिरे युवा क्लबको आयोजनामा कातिक ४ गते बाट सुरु भएको प्रतियोगिताको आज समापन भएको हो । बिजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका युवा नेता सुभाष तिमल्सिनाले पुरष्कार बितरण गर्नुभएको क्लबका सचिव थापाले जानकारी दिनुभयो ।

आज फाइनल खेल सँगै चर्तित लोक दोहोरी गायक रेशम थापा, गायिका उमा श्रेष्ठ, सेलो गायक जेबि जिम्बा लगायत राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको साथमा रमाइलो सँस्कृतिक कार्यक्रम गरी प्रतियोगिताको समापन गरिएको पनि थापाले जानकारी दिनुभयो ।

Leave a Reply