बलेफीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

* # खेलकुद शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।

बलेफी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता शुक्रबार सुरुभएको छ । बागमती प्रदेश सदस्य सरल सहयात्री पौडेलले उद्घाटन गर्नुभएकाे प्रतियोगितामा बलेफी पालिकाका ११ वटा माध्यमिक विद्यालय सहभागी रहेका छन् । खेलमा ३ सय ७५ विद्यार्थी सहभागी भएको शिक्षा शाखा प्रमुख सलबहादुर पाण्डेले बताउनुभयाे ।

गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङको अध्यक्षतामा सुरुभएको प्रतियोगितामा भलिवल, कबड्डी, दौड, कराँते, ज्यावलिङ थ्रो लगाएत ११ वटा खेल हुँने संयोजन गर्ने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीले बताउनुभयाे ।

प्रतियोगिता उद्घाटन सभामा जिल्ला समन्वय समितिका उपप्रमुख पदमनाथ नेपाल, गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङ, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । खेल शनिवार सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ ।

Leave a Reply