रेडियो मिसन ।
जिल्ला स्तरीय न्यायिक भेला तथा २ दिने अन्तरकृया, अनुभव आदानप्रदान कार्यक्रम मेलम्ची नगरपालिकाको आयोजनामा आज मेलम्चीमा सम्पन्न भएको छ ।
स्थानीय तहमा उत्पन्न हुने विवादहरूको समाधान सर्वसुलभ, छिटोछरितो, मितव्ययि, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायि विधि र प्रकृया अबलम्न गरि सबैको लागि पहुँच पु¥याउन जिल्ला स्तरमा एकरूपता ल्याई एक पालिकाको असल अभ्यास अर्को पालिकामा आदानप्रदान गर्दै भावि दिनमा जिल्लामा न्याय निरूपणमा प्रभावकारीता ल्याउने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिका नगरप्रमुख आइतमान तामाङज्युको प्रमुख आतिथ्यता, मेलम्ची नगरपालिका उपप्रमुख श्री उमा प्रधानज्युको अध्यक्षता, उच्च अदालत बार एशोसियसनका अध्यक्ष शान्तिराम खतिवडा, कोषाध्यक्ष मिलन श्रेष्ठ, जिल्लाका ८ वटा पालिकाका उप्रमुख÷उपाध्यक्ष, जिल्ला स्रेस्तेदार,मेलम्ची नगरपालिका निवर्तमान उपप्रमुख श्री भगवती नेपाल, वडाअध्यक्षहरू, बालमनोविज्ञ नानिलक्ष्मि थापा न्यायिक सम्पर्क व्यक्तिहरू, मेलमिलाप संजाल अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कार्यक्रमको सहजिकरण उच्च अदालत बार एशोसियसन का अध्यक्ष,कोषाध्यक्ष बालमनोविज्ञ नानिलक्ष्मि थापाले गर्नुभएको थियो ।
कार्यक्रम आयोजना गरि अनुभव आदानप्रदान गर्ने मौका दिएकोमा अन्य पालिकाका उपप्रमुख तथा उपाध्यक्षले मेलम्ची नगरपालिका न्यायिक समितिलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना पालिकामा न्याय निरूपणमा भएका अभ्यासहरू र अनुभव आदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले आफूहरु जनताका लागि केही गर्न भनेर निर्वाचित भएर आएका बताउँदै संविधानले दिएका अधिकारको उपभोग गर्दै जनतालाई सरकार हुनुको अनुभुती महसुस गराउन सक्नुपर्ने धारणा राख्नुभयो । हाम्रो अधिकार श्रेत्र भित्रको न्यायिक समिति एक महत्वपुर्ण पाटो हो सामान्य झैझगडामा पनि जिल्ला सम्म धाउनु पर्ने जनताका बाध्यताहरू आज स्थानीय तहबाटै निरूपण हुने हुदा जिल्लाका सबै उपप्रमुखहरू एकजुट भएर एकका असल अभ्यास अर्काले सिक्दै जिल्लालाई सभ्य समुन्नत समाज निर्माण गर्न आ–आफ्नो ठाउँबाट लाग्न सबैमा आह्वान गर्नुभयो ।