अध्यक्ष शेर्पाको प्रश्न : शिक्षा र स्वास्थ्यमा हेलम्बुले जति काम राज्यले गर्न किन सक्दैन ? 

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुले शिक्षा र स्वास्थ्यमा ब्यापक लगानी गरिरहेको दावी गर्नुभएको छ । 

पालिकाको आन्तरिक स्रोत न्यून हुँदा समेत पालिकाले निशुल्क रुपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भनेर काम गरिरहेको बताउनुभयाे । हेलम्बु गाउँपालिका वडा नम्बर ६ घोप्टेघ्याङमा रहेको हेलम्बु बोधिसत्व मोडल स्कुलमा आयोजित पर्यटनका लागी साहित्य कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले देशको बेथितिको बारेमा बोल्न साहित्यकार हरूलाई आग्रह गर्नुभयो । 

उहाँले गाउँका अभिभावकहरुले महँगो शुल्क तिरेर आफ्ना बालबालिकालाई पढाउन नसक्ने भएकाले गाउँपालिकाले ब्यापक रुपमा शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको जानकारी दिनुभयाे । गाउँपालिका आफैले इन्जिनियर उत्पादन गरेर गाउँमै रोजगारी दिने गरि योजना बनाएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । 

गाउँपालिकाको ५७ प्रतिशत बजेट शिक्षा र स्वास्थ्यमा मात्र लगानी गरिरहेको उल्लेख गर्दै शिक्षा सँगै जोडिएर आउने संस्कार लाई पनि संरक्षण गरिरहेको दावी गर्नुभयो । उहाँले एक दिन पण्डित र लामा समेत आयात गरेर ल्याउन पर्ने स्थितिमा देश पुगिसकेको भन्दै संस्कृत, सम्भाेटा लगायतको भाषा कक्षा समेत सञ्चालन गरिरहेको बताउनुभयो । भएभरको सम्पत्ति बेच्यो भने ५ लाख आउँछ, उपचार गर्न जाने हो भने १५/२० लाख लाग्छ तिनिहरुको लागी राज्य कहाँ छ ? कहाँ छ राजनीतिक दल? भन्दै उहाँले प्रश्न गर्नुभयाे ।

Leave a Reply