नेपाली काँग्रेसको क्षेत्रीय सम्मेलन मेलम्चीमा सम्पन्न

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य बद्रि पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली काँग्रेसको १४ औं महाधिवेशन पश्चात केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार कार्यक्रम आयोजना गरीएको कार्यक्रमका सभाध्यक्ष तथा नेपालि कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सभापति आइतमान तामाङले जानकारी दिनुभयो ।

आम नेता कार्यकर्ताबाट उठेका सवालहरूमा छलफल हुनु महत्वपुर्ण भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथी पाण्डेले सबैको बिचारलाई समेटेर लैजान सबै सकारात्मक हुनुपर्ने बताउनुभयो । काँग्रेसमा सबैले आफ्नो कुरा राख्ने र छलफल हुने भएकाले सुदृढीकरण हुनसक्ने अवस्था रहेको र पार्टीमा अझैपनि नेतृत्वलाई प्रश्न गर्ने र सच्चिने मौका रहेको उहाँको भनाई छ ।
मुलुकलाई अप्ठ्यारो अवस्थामा काँग्रेस नै चाहिने र राम्रो कामको सुरूवात जहाँबाट पनि गर्न सकिने भएकाले जसले जहाँबाट सकिन्छ त्यहीँबाट काम सुरू गरी आपसि कमि कमजोरी खुल्ला रूपमा बहस गरेर समस्या समाधान गरिनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा क्षेत्रीय सभापती आईतमान तामाङले टिकट वितरण र विभिन्न समयमा भएका सामान्य त्रुटि तथा विवाद समाधान गर्दै जाने र क्रियाशिल सदस्यता वितरणमा ध्यान दिनुपर्ने बेला आएको बताउँदै सबैजना आ आफ्नो ठाउँबाट सच्चिएर लागेमा संगठन बलियो हुंदै जाने बताउनुभयो । पार्टीको संगठनमा भएका कमि कमजोरी सुधार गरि बलियो बनाउन यो कार्यक्रम आयोजना गरीएको सभापति तामाङले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा नेपाल तरूण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का अध्यक्ष अनिल कुमार तामाङले सम्बोधन गर्दै पार्टीको भातृ संगठनहरूले गति लिन नसकेको बताउनुभयो । पार्टीका नेताहरूले भातृ संगठनमा गरेको हस्तक्षेपले गर्दा संगठनमा प्रभाव पारिरहेको बताउनुभएको छ ।

यस्तै नेपाल बिद्यार्थी संघ सिन्धुपाल्चोकका अध्यक्ष पवन घोरासैनिले पार्टि संगठन भातृ तथा सुभेच्छुक संस्थाहरूलाई चलायमान र बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व गर्दै ईन्द्रावति गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले लामो समयपछि पार्टीले गरेको कार्यक्रमले हौसला थपेको बताउनुभयो । तर पार्टीको संगठन विस्तारमा अझै धेरै काम गर्न बांकि रहेको उहाँले उहाँको भनाई छ ।

पार्टीको संगठन विस्तार गर्न जाँदा लखेट्ने अवस्था रहेको सबैजसो ठाउँमा अहिले जितेको पुर्व जिल्ला सभापति तथा महासमिति सदस्य बिकास लामाले बताउनुभएको छ । तर अहिले भएको संगठनलाई बचाउने र विस्तार गर्ने काममा कुनै पनि तहले कन्जुस्याइँ गर्न नहुनेमा उहाँले जोड दिनुभएको छ ।

Leave a Reply