रेडियो मिसन, मेलम्ची ।
मेलम्चीमा जारी जिल्ला स्तरीय भलिवल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सृजनशिल युवा क्लव, सिन्धु योङ स्टार मेलम्ची ९ ए, मेलम्ची ७ र बनकाली युवा समाज जुगल सेमिफाइनलमा पुगेको हो ।
आज भएको क्वाटर फाइनल खेलहरुमा सृजनशिल युवा क्लवले हेलम्बु गाउँपालिकालाई, सिन्धु योङ स्टार मेलम्ची ९ ए ले बिलाई, मेलम्ची ७ ले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई र बनकाली युवा समाज जुगल ले मेलम्ची २ लाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
भोली हुने पहिलो सेमिफाइनलमा मेलम्ची ७ ले बनकाली युवा समाज जुगल सँग प्रतिस्पर्धा गर्ने छ भने, दोस्रो खेलमा सिन्धु योङ स्टार ए ले सृजनशिल युवा क्लवको सामना गर्ने छ । सेमिफाइनल र फाइनलका खेलहरु भोली हुने आयोजक मेलम्ची युवा क्लवका अध्यक्ष महाविर श्रेष्ठले जानकारी दिनुभयो ।
मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा २५ गतेबाट सुरु भएको प्रतियोगिताको बिजेताले २ लाख, दोस्रोले १ लाख तथा तेस्रो हुनेले ७५ हजार नगद र सिल्ड प्राप्त गर्ने खेल संयोजन प्रकाश सापकोटाले जानकारी दिनुभयो ।