विपद् तथा मनसुन प्रतिकार्यका लागि ३ दिने तालिम मेलम्चीमा सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, मेलम्ची ।
विपद तथा मनसुनको प्रतिकार्यका लागि ३ दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ भएको छ । USAID – BHA (युएसएड – भ) को आर्थिक सहयोग र प्राक्टिकल एक्सन र सामुदायिक विकास तथा वातावरण मञ्च (सिडिइसिएफ) को साझेदारीमा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका सँगको समन्वयमा तालिम सम्पन्न भएको हो । समुदायमा आधारीत पूर्व सुचना प्रणाली परियोजना अन्तरगत सामुदायिक विपद् व्यबस्थापन समिति अन्तरगतको विभिन्न कार्यदल मध्ये प्राथमिक उपचार कार्यदललाइ सो तालिम प्रदान गरिएको हो ।

समुदायको क्षमता अभिवृद्धि गरि विपदको पुर्वतयारी तथा प्रतिकार्य गर्ने उपायको बारेमा तालिम प्रदान गरिएकोे प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिनुभयो ।

तालिममा १४ वटा सामुदायिक विपद् व्यवस्थापन समिति कार्यदलका ३७ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको नेपाल रेडक्रस सोसाइटि सिन्धुपाल्चोक शाखाका भरत प्रसाद कोइराला लगायतको टोलिले सहजिकरण गरेको थियो ।

परियोजना अन्तरगत खोज तथा उद्धार, प्राथमिक उपचार, पूर्व सूचना प्रणाली कार्यदलहरुलाई तालिम प्रदान गरिएको सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यक्रम संयोजक इच्छाराम सापकोटाले जानकारी दिनुभयो ।

तालिममा सहभागी चनौटेकी शर्मिला श्रेष्ठले विपद्का बेला कसरी आफु बच्ने तथा खोज तथा उद्धार कसरी गर्ने भन्ने बारेमा जानकारी प्राप्त गरेको बताउनुभयो । मेलम्ची ८ क्यौरानीका उत्तम गिरीले तालिम फलदायी भएको बताउनुभयो । आफ्नो गाउँ समाजमा घट्ने विभिन्न विपद्का समयमा आफुले सिकेका कुरा सक्रिय रुपमा प्रर्दशन गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply