पत्रकार खड्काको जन्मदिन फरक क्षमता भएका विद्यार्थीसंग

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
रेडियो मेलम्ची तथा हिमालय टेलिभिजनमा कार्यरत पत्रकार सागर खड्काले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा रहेको ईन्द्रेश्वरी माध्यामिक विद्यालयमा अध्यनरत फरक क्षमता भएका बालबालिकासंग आफ्नो जन्मदिन मनाउनुभएको छ ।

उहाँले बालबालिकासंग आफ्नो जन्मदिन मनाउन पाएकामा खुशी व्यक्त गर्दै त्यहाँ अध्यनरत २३ जना बालबालिकाको लागि गर्मी यामका लागि आवश्यक लत्ता कपडा व्यस्थापन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । उहाँले जन्मदिनको अवसरमा केही खाद्यान्नका लागि रकम तथा फलफुल समेत वितरण गर्नुभयो ।

बालबालिकासगं जन्मदिन मनाएकोमा प्रधानाध्यापक देवी श्रेष्ठले पत्रकार खड्काप्रति आभार प्रकट गर्नुभयो ।

Leave a Reply