पार्टीगाउँमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रबिन दनुवार, पार्टीगाउँँ ।
इन्द्रावती गाउपालिका वडा नम्बर १० पार्टीगाउमा मञ्जुश्री २८५९ ओै बिरालो बर्ग सोनाम ल्होछारको अवसरमा पार्टिगाउँ तामाङ समाजद्वारा आयोजित शुभकामना आदानप्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पार्टिगाउँ तामाङ समाजका अध्यक्ष भुवन तामाङको अध्यक्षतामा र इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी नेपालले सामन्ती एकात्मक केन्द्रिकित शाशनको अन्त्य पछि ल्याइएको संघिय शासन व्यावस्थाले मात्रै धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षण भएको बताउनुभयो। ल्होछार मात्र नभइ देश भर मनाइने सांस्कृतिक पर्वहरु जाति विशेष नभई सबै नेपालीहरुको पर्व रहेको नेपालले बताउनुभयो ।

धेरै तामाङ बस्तीहरुमा छोर्तेन गुम्बा निर्माण भएको तर १० वडामा भने गुम्बा निर्माण नभएकोले तामाङ जातिको सांस्कृतिक पहिचान एव संरक्षणको लागि छोर्तेन गुम्बा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पालिकामा जनजातिको बाहुल्यता भएको भन्दै तामाङ बाजाको संरक्षण गर्ने हेतुले पालिकामा डम्फू बजाउने तालिमको प्रवन्ध मिलाउने अध्यक्ष नेपालले बताउनुभयो । पालिकामा तामाङ संस्कृतिको महत्त्वलाई ख्यालमा राखि बौद्ध शिक्षालयको स्थापना गर्ने बारे पनि छलफल भइरहेको उहाले बताउनुभयो ।
पालिका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष शशी नाथ आचार्यले नेपाली पर्वहरुले नेपालीहरुलाई एकताको सुत्रमा बाधिएको बताउनुभयो । ल्होछार जस्ता नेपालका अनेकौं सांस्कृतिक पर्वहरुले देश र विदेशमा नेपाललाई चिनाउन मद्दत गरेको आचार्यले बताउनुभयो ।
सामाजसेवि हर्क तामाङले तामाङ जातिको पहिचानको लागि लामा , ताम्बा, बोन्बोलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । पार्टिगाउ ताम्बा गितको उर्वर ठाउँ रहेको तामाङले बताउनुभयो । तामाङ शिक्षा पढ्न मिल्ने भएकोले सबै तामाङहरुले अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो ।उहाँले तामाङ भाषा लोपभएको भन्दै भाषा सिकाईमा जोड्दिनु पर्ने बताउनुभयो ।

कलाकारहरुले कार्यक्रममा तामाङ भाषा संस्कृति झल्कने नृत्य र गायन प्रस्तुति पनि देखाइएको थियो।

Leave a Reply