जलवाईदेवि माविमा अज्ञात समुहद्धारा तोडफोड, कारवाही गर्न विद्यालयको माग

* # अपराध पालीका खबर प्रविधि शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको जलवाईदेवि माध्यमिक विद्यालयको कार्यालय कोठा, कम्प्युटर ल्याब, स्टोर र लेखा शाखा तोडफोड गर्नुका साथै त्यहाँका सामाग्रिमा क्षति भएको छ ।

हिजो राती अज्ञात समुहले विद्यालयमा रहेका डेस्क्टप कम्प्युटर ३२ थान, प्रीन्टर ३ थान, सोलार प्यानल युपिएस् १ थान, वाइफाई राउटर १ थान पुर्ण रुपमा क्षति हुनुका साथै कार्यलयको दाराज फुटाई महत्वपुर्ण कागजात समेत नष्ट गरिदिएको शिक्षक सुबास गिरीले जानकारी दिनुभयो ।


अहिले सो घटनाको सर्वत्र निन्दा हुनुका साथै दोषिमाथि कारबाहिको समेत माग भइरहेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तम सिंह भण्डारीले घटनाबारे थप अनुसन्धान भइरेहको जानकारी दिनुभयो ।

Leave a Reply