प्याब्सन सिन्धुपाल्चोकद्वारा बाढीपीडितका लागी १० लाख भन्दा बढी सहयोग, प्रभावित २९ विद्यार्थीलाई निःशुल्क पढाउने

* # समाचार समाज सिन्धुपाल्चोक

चाैतारा । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले निजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) सिन्धुपाल्चोकले १० लाख ४८ हजार ५ सय ५४ रुपैयाँ सहयोग संकलन गरेको छ ।

चौतारास्थित जुगल बोर्डिङ स्कुलमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्यले जिल्लाका १९ मध्ये १७ विद्यालयबाट संकलित रकम प्याब्सन केन्द्रीय कार्यालयलाई उपलब्ध गराइने जानकारी दिए ।

उक्त रकम बिद्यार्थी र उनिहरुका अभिभावक तथा बिद्यालय कर्मचारीले स्वस्फूर्त रुपमा खाजा र पकेट खर्च घटाएर सहयोग गरेको आचार्यले बताए ।

साथै देशभरका प्याब्सनमा आबद्ध विद्यालयबाट संकलित रकम एकीकृत गरी केन्द्रीय प्याब्सनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने तयारी गरेको छ ।

त्यस्तै बाढीबाट प्रभावित (अभिभावक गुमाएका तथा बेपत्ता भएका) जिल्लाका २९ जना बालबालिका प्याब्सनमा आबद्ध विद्यालयमा अध्ययनरत रहेको जानकारी दिएकाे छ । साथै पीडित बालबालिकालाई प्याब्सनले निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गर्दै उनिहरुलाई आवासीय सुविधासहित पूर्णछात्रवृत्ति प्रदान गर्न जिल्ला प्याब्सनले मातहतका विद्यालयलाई निर्देश पनि गरेको छ ।

Leave a Reply