इन्द्रावती गाउँपालिकाको ७६ प्रतिशत बजेट खर्च

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रमअन्तर्गत हालसम्म कुल बजेटको ७६.१२ प्रतिशत खर्च भएको जनाएको छ।

गाउँपालिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार संशोधित कुल बजेट रु. ८६ करोड ५४ लाख ३७ हजार मध्ये हालसम्म रु. ६६ करोड ०० लाख ०७ हजार खर्च भएको छ।

विवरणअनुसार पुँजीगततर्फ विनियोजित रु. ३३ करोड ३० लाख मध्ये रु. २२ करोड ९६ लाख ६१ हजार अर्थात् ६८.९६ प्रतिशत खर्च भएको छ। त्यसैगरी चालुतर्फ विनियोजित रु. ५३ करोड २४ लाख ३७ हजार मध्ये रु. ४३ करोड ०३ लाख ४६ हजार अर्थात् ८०.८२ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुअघि कम्तीमा सात दिन अगावै भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै गाउँपालिकाले सम्बन्धित सबै पक्षलाई जानकारी गराएको छ।

Leave a Reply