प्रवासी नेपाली हकहितका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

* # राजनीति समाचार समाज

काठमाडाैँ । अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC–NRNA) का केन्द्रीय उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (गोर्खाली) तथा गैरआवासीय नेपाली संघ, यूएई (NRNA UAE) का सचिव सविन योन्जन तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

नमुना युथ एक्टिभ ग्रुपका अध्यक्ष तथा समाजसेवी शिरे तामाङ (अभि) सहित नेपाल तरुण दलका युवाहरूले विमानस्थल पुगेर उहाँहरूलाई खादा तथा पुष्पगुच्छासहित स्वागत गरेका हुन्।

प्रवासी नेपालीहरूको हक–हित, समस्या समाधान, सामाजिक एकता तथा आपत्–विपत्मा सहयोग पुर्‍याउँदै आउनुभएको उहाँहरूको भूमिकाको प्रशंसा गर्दै स्वागतकर्ताहरूले आगामी दिनमा पनि प्रवासी नेपाली समुदायको सेवामा अझ सक्रिय भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्।

गोर्खाली नेपाली कांग्रेस महाधिवेशनका लागि एनआरएन प्रतिनिधिका साथै धादिङ–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिससमेत हुनु भएको र अन्तिम सिफारिसमा पर्न सक्ने प्रभावशाली नेता समेत हुनुहुन्छ।

त्यसैगरी, करिब २० वर्षदेखि यूएईमै व्यवसाय गर्दै हजारौँ नेपालीहरूलाई रोजगारी दिन सफल सविन योन्जनले अब सिंगो देशका नेपालीहरूको हक–हितमा काम गर्ने उद्देश्यसहित संघको सचिव पदमा रहनुभएको छ।

पदाधिकारीद्वय श्रेष्ठ र योन्जनले नेपाल भ्रमणका क्रममा विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रमहरूमा सहभागिता जनाउने तथा प्रवासी नेपाली र स्वदेशी युवाबीच सहकार्यलाई मजबुत बनाउने योजनासहित नेपाल आउनुभएको नमुना युथ एक्टिभ ग्रुपका अध्यक्ष तथा समाजसेवी शिरे तामाङ (अभि) ले जानकारी दिनुभएको हो।

उहाँहरूको नेपाल बसाइँका क्रममा प्रवासी नेपाली संस्था र स्वदेशी युवाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply